- Loading...
बाढीपहिरोका विस्थापितलाई छिमेकीको भर
- पुनहिल डट कम
- ३ साल अघि
- ४१७ पटक पढिएको

‘आपत् र खुसीको साथी को हुन सक्छ ? जोडिएको घरमा बस्ने मानिस तपाईका छिमेकी हुन् । छिमेकीसँगको सम्बन्ध कहिलेकाँही चिसिन पनि सक्छ तैपनि मर्दापर्दाको सहयोगी छिमेकीहरु नै हुन्छन् । छिमेकीसँगको सम्बन्धमा जातजाति, वर्ग, लिङ्ग आदिको विभेद रहँदैन । निकटमा बसोबास गर्ने हुनाले मिलेर बस्नु छिमेकीको कर्तव्य र संस्कार हो । त्यसै कारण छिमेकीलाई ‘जिउँदाको जन्ती र मर्दाको मलामी’ पनि भनिन्छ ।’
असारको पहिलो र दोस्रो दिन भएको भारी वर्षापछि आएको बाढीपहिरोले घरमा क्षति पुऱ्याएपछि विस्थापित भएका परिवार छिमेकीको भरमा रहेका छन ।
पहिरोले घरमा क्षती पुऱ्याएपछि विस्थापित भएपनि घरको अन्नपात र लत्ताकपडा झिक्न सकेको कारण भोकै नभएको पनि नगर/गाउँपालिकाहरुले जनाएका छन । आपतविपदमा छरछिमेकमा सहयोग गर्ने भावनाकै कारण विपत्तिमा परी विस्थापित परिवार सहजै छिमेकी घरमा अटेर बस्न सकेको हो ।
‘विपत्ति सवैलाई पर्छ । छिमेक भनेको माटोको भर ढुङ्गो, ढुङ्गोको भर माटो, संसार भरै भरमा अडेको रहेछ’ हिरोले घर बगाएप्छि जहानपरिवार डोऱ्याएर छिमेकीको घरमा आश्रय लिन पुगेका बेनी नगरपालिका, ६ डम्बराका पदम किसानले, ‘अरु वेला ठाकनठुकन भएपनि दिनदशा र आपतविपतमा नजिकको छिमेकी काम लाग्ने रहेछ ।’ दलित समुदायका किसान क्षत्री समुदायका छिमेकी विदुर खत्रीको पिंढीमा आश्रय लिएर बसेका छन ।
जिल्ला विपद ब्यवस्थापन समितिको अभिलेख अनुसार हालैको मनसुनजन्य विपदतमा परि एक सय २६ घरपरिवारका ५ सय १ जना छिमेकी, आफन्त, विद्यालय भवन, सामुदायीक भवन र गोठमा आश्रय लिएर बसेका छन । तर स्थानीय तहले र विपद ब्यवस्थापन समितिको क्षतिग्रस्त घरधुरी र विस्थापितको तथ्याङ्क फरक–फरक छन ।
‘गाउँपालिकामा ४ घरपरिवार पहिरोबाट विस्थापित भएको रिपोर्ट छ । तर तत्काल कोही पनि भोकै भएको, वास नै समस्या भएको खवर छैन’ मंगला गाउँपालिकाका प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले भने, ‘समस्या भएको खवर आए, अस्थाई वास बनाउन त्रिपाल समेत आपतकालिन राहत सामाग्री तयारी नै राखेका छौं ।’
पहिरोले घरवारी भत्केपछि असार २ गते विहन अपाङ्ग संघको भवनमा झलक केसी, संगीता केसी, डिलबहादुर खत्रीको परिवार आश्रय लिएर बसेको छ । यो परिवार अघिल्लो वर्ष पहिरोको जोखिम भै अपाङ्ग संघको भवनमा तीन महिना विस्थापित भएको थियो । बेनी–दरवाङ सडक स्तर उन्नत गर्ने क्रममा डोजर लगाएर भित्ता काटेको तर संरक्षणको पर्खाल नलगाउँदा पहिरो चलेको हो ।
‘अन्नपात र भाँडाकुँडा जे छ झिक्यौं तर वस्ने वास र गरीखाने वारी सवै पहिरोले लग्यो । यो विपत्ति यो मोटरबाटोले (बेनी–दरवाङ सडक) कारण भएको हो । अरुहरु मोटरमा हिँड्छन, मोटरवाटोले हाम्रो घरवारीसँगै भविस्य बग्यो’ बेनी नगरपालिका, ६ डम्बरामा पहिरोबाट विस्थापित भै अपाङ्ग संघको भवनमा आश्रय लिएर वसेकी कृषी मजदुर संगिता केसीले भनिन, ‘मदुरी/पाखुरा बजाएर पेट त पालौंला तर ओत लाग्ने ठाउँ भएन ।’
बेनी नगरपालिका, ४ तातोपानी मसारका १६ परिवार स्थानीय सरस्वती माध्यामिक विद्यालयमा, सोही नपा, ६ डम्बराका दुई परिवार अपाङ्ग संघको भवनमा, एक परिवार आमा समुहको भवनमा बाहेक बाँकी सवै विस्थापित छिमेकीको घरमा, आफन्तका खाली घर र गोठमा आश्रय लिएका छन ।
‘यतिवेला प्राप्त क्षतिको विवरणको तथ्याङ्क टेलिफोनमा टिपेका र भेरिफाई नभएका डाटा हुन’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘नगरपालिका आपतकालिन राहत सहित मनसुनजन्य विपदबाट प्रभावितको घरदैलो पुग्न थालेका छौं । तातोपानीमा अर्काको घरमा डेरागरी वस्ने ५ परिवारलाई सुरक्षित स्थानमा लगेर तत्कालन प्रतिपरिवार ४ हजारका दरले राहत दिएका छौं । बाँकी विवरणको पनि पुष्टी गर्न सुरु गरेका छौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
