FLASH NEWS
  • Loading...

शनिवार म्याग्दीमा १५ जना संक्रमित थपिए

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०३ पटक पढिएको
शनिवार म्याग्दीमा १५ जना संक्रमित थपिए

बाढीपहिरोले विवरणहरु ओझेल पारेपनि कोरोना संक्रमण भने रोकिएको छैन ।
शनिवार १५ जना कोरोना संक्रमित थपिएका छन । मनसुनजन्य विपदका वेला पनि संक्रामक महामारी कोरोना भाईरस संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र संक्रमितले आईसोलेसनमा रहन जरुरी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार शनिवार बेनी नगरपालिकामा ३ जना, अन्नपूर्ण गाउँपालिकामा ४ जना, रघुगंगा गापामा ३ जना, मंगला गापामा १ जना र छिमेकी जलजला गापामा ४ जनामा पिसिआर तथा एन्टीजिन विधीबाट कोरोना पुष्टी भएको छ ।
योसँगै जिल्लमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ९२ पुगेको छ । शनिवार सक्रिय संक्रमितको संख्या १ सय ३२ जना रहेका छन । २१ जनाले कोरोना जितेर आईसोलेसन मुक्त भएको स्वास्थ्य कार्यालयले भनेको छ ।