FLASH NEWS
  • Loading...

अर्जेन्टिनालाई उरुग्वेको चुनौती

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११६ पटक पढिएको
अर्जेन्टिनालाई उरुग्वेको चुनौती

कोपा अमेरिका फुटबलमा शनिबार बिहान अर्जेन्टिना र उरुग्वेबीच प्रतिस्पर्धा हुदैछ ।

खेल नेपाली समय अनुसार बिहान पौने ६ बजे सुरु हुनेछ । समूह बीको खेलमा दक्षिण अमेरिकी फुटबलका दुई शक्ति राष्ट्र भिड्न लागेका हुन् ।

उपाधि दाबेदार टोली अर्जेन्टिना पहिलो खेलमै चिलीसंग १–१ गोलको बराबरीमा रोकिएको थियो । लियोनल मेस्सीको शानदार फ्रिकिकको मदतले अर्जेन्टिनी टिमले अग्रता बनाएको थियो । तर चिलीले खेल बराबरीमा ल्याउँदै अंक बाँड्न सफल भयो ।

उरुग्वे कोपा अमेरिकाको यस संस्करणको पहिलो खेल खेल्दैछ । लुईस सुआरेज प्रेरित उरुग्वे अर्जेन्टिनी टिमलाई हराउँदै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगितामा लियोनल मेस्सी र सुआरेज पुन एक पटक आमने सामने हुँदैछन् । दुवै खेलाडी ला लिगामा एक समय बार्सिलोनाबाट खेलेका थिए । सुआरेज अहिले एट्लेटिको मड्रिडमा आबद्ध छन् । मेस्सीको नयाँ सिजनको टुङ्गो लागेको छैन ।

शनिबार बिहानै हुने अर्को खेलमा चिली र बोलिभिया भिड्नेछन् । खेल नेपाली समय अनुसार राति पौने ३ बजे हुनेछ । बोेलिभिया पहिलो खेलमा पाराग्वेसंग पराजित भएको थियो ।