लगातारको वर्षाले मुस्ताङ्मा दुई घर भत्किए, माटोका घर चुहिन थाले

३ असार २०७८, बिहीबार २०:३० मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

सामान्यतया छायाँ वृष्टी हुने मुस्ताङमा यस वर्ष परिरहेको ठूलो वर्षापछि जोमसोम नजिकै धुम्बामा दुई माटोको छाना भएका मुण्डेघर भत्केका छन ।
घर भत्केपछि दुई परिवारलाई सुरक्षित स्थानमा लगिएको मुस्ताङ प्रशासनले जनाएको छ । ‘मुस्ताङ्को मुक्तिनाथदेखी तल्लो क्षेत्रमा दिउँसोदेखी लगातार ठूलो वर्षा भैरहेको छ । खहरेहरु बढेर कालीगण्डकीलाई जित्ने भएका छन’ मुस्ताङ्की प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले भनिन, ‘तल्लो क्षेत्रमा सतर्क रहन आवश्यक छ ।’
हिमालपारीको मुस्ताङमा पाँच दिनदेखी परिरहेको वर्षाले माटोको मुण्डे घरहरु चुहिन थालेका छन । मुस्ताङ्गका थासाङ, घरपझोङ्ग र बाह्गाउँमुक्ति क्षेत्र गाउँपालिका क्षेत्रमा लगातार ठूलो वर्षा भैरहेको छ ।
‘विहिवार दिउँसो १२ बजेदेखी लगातार ठूलो वर्षा भैरहेको छ । ठडा खहरेखोलाहरु बढेका छन र यहाँका माटोको छाना भएका मुण्डेघरहरु भत्कने र चुहिने हुर्दैछन’ जोमसोम ठिनीका निरज थकालीले भने, ‘मेरो घरपनि चुहिएकोले टाल्दै छु । पानी अस्वभाविक परिरहेको छ । मुस्ताङ्गमा यस्तो पानी कहिल्यै पर्ने थिएन ।’