- Loading...
बाढीपहिरोले म्याग्दीका कम्तीमा ४० घर विस्थापित
- पुनहिल डट कम
- ३ साल अघि
- २२० पटक पढिएको
म्याग्दीका विभिन्न वस्तीमा अविरल वर्षाले आएको बाढीपहिरोबाट घरमा क्षति पुऱ्याएको/जोखिममा रहेका कम्तीमा ४० घर विस्थापित भएका छन । प्रहरीले जिल्लाभरको क्षति विवरण संकलन भैरहेको जनाएको छ ।
बाढीले सदरमुकाम बेनीको अस्पताल चोकमा क्षति पुऱ्याएको छ । बाढीले ल्याएको गेग्रानले कालीपुल वसपार्क क्षेत्र पुरेको छ । त्यस्तै बाढी पसेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयका सामाग्री नजिकै ब्यक्तिका घरमा लगेर सुरक्षित गरिएको प्रहरीले जनाएको छ ।
अन्नपूर्ण गाउँपालिका, ५ धस्केखोरियामा मंगलवार साँझ आएको पहिरोलेले ९ घरमा क्षति पुगेपछि सवै परिवारलाई सुरक्षित स्थानमा लगिएको छ । स्थानीय खेम पुनका अनुसार धस्केखोरियाको माथिल्लो भित्ताबाट पहिरो वस्तीमा झरेपछि खेम पुन, रेम पाईजा, कृष्ण फगामी, नौमति वुद्धुजा, नरे तिलिजा, दलमति पुर्जा, जित पुर्जा, टिका पुर्जा र ज्ञान पुर्जाको घर, गोठमा सामान्य क्षति पुगेको छ ।
त्यसैगरी बेनी नगरपालिका, ४ तातोपानीको मसार स्थित खहरेखोलामा आएको बाढी वस्ती पसेपछि १३ परिवारका ४१ जनालाई सुरक्षित स्थानमा लगिएको छ । बेनी नगरपालिका, ९ गलेश्वर स्थित बृद्धाश्रममा माथीबाट पहिरो झर्ने जोखिमबढेपछि त्यहाँ रहेका कम्तीमा १२ जना बृद्धबृद्धालाई गलेश्वर मन्दीरको धर्मशालामा स्थानन्त्रण गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोबाट घरमा क्षति पुगेको/जोखिममा परेका अन्नपूर्ण गापा, ७ काफलडाँडामा चार घर, घारमा दुई घर, बेनी नगपा, ९ काउलेगौडामा तीन घर, मंगला गापा, १ कुहुँमा तीन घर, मालिका गापा, ६ दरवाङ्गमा ७ घरपरिवारका २४ जनालाई सुरक्षित स्थानमा स्थानन्त्रण गरिएको छ ।
त्यसैगरी स्थानियका अनुसार अविरल वर्षापछिको पहिरो खस्दा बेनी नगरपालिका, २ बगरफाँटमा पाँच घर, धवलागिरी गापा, २ लम्सुङमा छ घर जोखिममा परेपछि स्थानन्त्रण गरिएको छ ।
बाढीपहिरोले विधुत लाईनमा क्षति पुऱ्याएकोले लामोसमेत देखी टेलिफोन टावरमा ब्याकअप पावर सकिएको र स्थानीयको पनि मोवाईल अफ हुँदा अन्नपूर्ण गापा, मालिका र धवलागिरीका कतिपय वस्तीमा मोवाईल सम्पर्क समेत विच्छेद भएको छ ।