FLASH NEWS
  • Loading...

खोलामा फसेका १७० मजदुरको उद्धार

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३५३ पटक पढिएको
खोलामा फसेका १७० मजदुरको उद्धार

भारी वर्षाका कारण आएको बाढीका कारण खोलामा फसेका कास्कीको मादीमा निर्माणाधीन सुपर मादी हाइड्रोपावरका १७० जना कामदार कर्मचारीलाई उद्धार गरिएको छ ।

सोमबारदेखि लगातार परेको वर्षाका कारण  खोलामा फसेका १६० जना मजदुर तथा १० जना कर्मचारी गरी १७० जना कामदार कर्मचारीलाई उद्धार गरिएको मादी गाउँपालिका – २ का अध्यक्ष एकजङ्ग गुरुङले बताए ।

पोखरा स्थित श्री भगवती दल गण  फूलबारी ब्यारेकका नेपाली सेना, स्थानीय युवा क्लब र जनप्रतिनिधिको सहयोगमा बुधवार ५ घण्टा समय लगाएर कलबन्दी खोलाबाट  उद्धार गरिएको थियो ।

उद्धार गरिएका सबै जनालाई हिमालयन निम्न माध्यमिक  विद्यालयमा राखिएको र उनीहरूलाई ताङ्तिङ आमा समूहले  खाजा  र खानाको व्यवस्थापन गरेको बताए ।