FLASH NEWS
  • Loading...

आज देशभर वर्षा हुने, गण्डकीमा भारी वर्षाको संभावना

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११७ पटक पढिएको
आज देशभर वर्षा हुने, गण्डकीमा भारी वर्षाको संभावना

आज देशभरको मनसुनी वायुको प्रभावका कारण देशभर मौसम बदली रही प्रदेश–२, गण्डकी, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी प्रदेश,  र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा प्रदेश न.२, बाग्मती प्रदेशगण्डकी प्रदेशलुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

जल तथा मौषम विभागको वर्षा मापन अभिलेख अनुसार पछिल्लो २४ घन्टामा म्याग्दीको घोरेपानी क्षेत्र र चितवन क्षेत्रमा भारी वर्षा मापन भएको छ ।

२०७८ असार १  गते (मंगलबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न.२, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।