- Loading...
आज देशभर वर्षा हुने, गण्डकीमा भारी वर्षाको संभावना
- पुनहिल डट कम
- ३ साल अघि
- १६७ पटक पढिएको
आज देशभरको मनसुनी वायुको प्रभावका कारण देशभर मौसम बदली रही प्रदेश–२, गण्डकी, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी प्रदेश, र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा प्रदेश न.२, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
जल तथा मौषम विभागको वर्षा मापन अभिलेख अनुसार पछिल्लो २४ घन्टामा म्याग्दीको घोरेपानी क्षेत्र र चितवन क्षेत्रमा भारी वर्षा मापन भएको छ ।
२०७८ असार १ गते (मंगलबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न.२, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।