FLASH NEWS
  • Loading...

पहिरोले जिल्लाका सवै सडक अवरुद्ध

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७१ पटक पढिएको
पहिरोले जिल्लाका सवै सडक अवरुद्ध

सदरमुकाम बेनीबाट छुट्ने सवै सडकमा साना–ठूला पहिरो झरेकोले यातायात पुरै ठप्प भएको छ ।
हिमालपारीको जिल्ला मुस्ताङ्गहुँदै उत्तरी छिमेकी चीन जोड्ने अन्र्तदेशिय बेनी–जोमसोम–कोरला सडकको बेनी–घाँसा ४१ किलोमिटर खण्ड पहिरोले छियाछिया भएपछि यातायात ठप्प छ ।
बेनी–घाँसा सडक खण्डको चमेरे, तिप्ल्याङ, तातोपानी, गुईठे, काप्रेभिरमा पहिरोले र म्याग्दीको बेगखोला र मुस्ताङ्गको मार्फाखोला तथा लुप्राखोलामा खहरे बढेकोले यातातात अवरुद्ध रहेको प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी सदरमुकामबाट पश्चिम दरवाङ्ग तर्फ छुट्ने बेनी–दरवाङ्ग २४ किमी सडकको फापरखेतमा पहिरोले वेससहित सडक बगाएकोले यातायात अवरुद्ध छ । बेनी–बाग्लुङ सडकको रत्नेचौर क्षेत्र र बाहिर जिल्लाबाट म्याग्दी भित्रने बेनी–मालढुङ्गा सडक पनि पहिरोले अवरुद्ध छ ।
दरवाङ्गबाट पश्चिम बाग्लुङ्ग जोड्ने रुम सडक, ताकम र विम सडकहरु पनि पहिरोले अवरुद्ध छन । बेनी–पाखापानी, भकिम्ली, कुहुँ र गलेश्वर–भगवती, पोखरे–शिख, महभीर–राम्चे ग्रामिण सडकहरु पनि पहिरो र खहरेबढेकोले यातायात अवरुद्ध छन ।
‘लगातारको झरीपछि आएको बाढी/पहिरोले क्षति पुर्‍याएकोले जिल्लाका कुनै पनि सडक सवारी चल्न सक्ने अवस्थामा छैनन’ प्रहरी नायव श्याम राईले भने, ‘झरी नरोकिएकोले तत्काल सडक मर्मत संभव छैन ।’