FLASH NEWS
  • Loading...

आज राती अतिभारी वर्षाको संभावना

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२१ पटक पढिएको
आज राती अतिभारी वर्षाको संभावना

जल तथा मौषम पूर्वानुमान महाशाखाले आजा दिउँसो विषेश सुचना प्रकाशित गरी देशको गण्डकी, लुम्बिनी र बाग्मती प्रदेशमा मध्यम, भारी वर्षा भैरहेको र केही स्थानमा अतिभारी वर्षाको संभावना रहेकोले सतर्क रहन आग्रह गरेको छ ।

विज्ञप्तीमा भनिएको छ,  ‘हाल भारतको झारखण्डमा रहेको न्यून चापिय क्षेत्र र मनसुन न्यून चापिय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको छ । यसका कारण आज दिउसो र राती नेपालका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मति प्रदेशको केहि भू-भागमा भारि वर्षा र थोरै स्थानमा धेरै भारि वर्षा हुने सम्भावना रहेको छ।’

 त्यसैले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मति प्रदेशका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।