मरेपछि कहाँ जान्छ मान्छे?

३० जेष्ठ २०७८, आईतवार मा प्रकाशित (3 महिना अघि)
पुनहिल संवाददाता
सिर्जना सुब्बा दार्शनिकहरुले धेरै छलफल गरेको विषय रहेछ मृत्यु र मृत्युपछि मान्छे कहॉ जान्छ भन्ने। दार्शनिकहरुले ‘मृत्यु एक मात्र सत्य हो’ भनेका रहेछन्। हुन पनि हो, सत्य एक मात्र हुँदैन। एउटा ठाउँ, परिस्थिति र समयमा मानिएको सत्य अर्को ठाउँ, परिस्थिति र समयमा असत्य हुन सक्छ। तर, मुत्यु जुनसुकै परिस्थिति, समय र ठाउँमा सत्य नै हुन्छ। जो जन्मन्छ, त्यसको मृत्यु ढिलो–चाँडो अवश्य हुन्छ। तर, यो सत्यलाई हामी बेलाबेला भुल्ने गर्छौं र सधैं अमर रहन्छौं जस्तै गरेर व्यवहार गर्छौं। तर, त्यो पनि कोरोना महामारीसँग जुधिरहँदा मृत्युको तरवार अदृष्य रुपमा टाउकोमाथि झुन्डिरहेको पनि महसूस गर्छौं। योभन्दा राम्रो उदाहरण अरु के होला र? मृत्युसँगको साक्षात्कार भएको हाम्रो अनुभव। मृत्यु भएपछि कहॉ जान्छ भन्ने प्रश्नकाे उत्तर विभिन्न धार्मिक ग्रन्थले दिएका छन्। सबै नपढे पनि जति पढेको र सुनेको छु त्यसका अनुसार मान्छेको मृत्युपछि उसको कामको मूल्याङ्कन गरेर स्वर्ग वा नर्कमा पुग्छ रे। राम्रो काम गर्ने स्वर्गमा गएर सुखी जीवन व्यतित् गर्छ र नराम्रो काम गर्ने नर्कमा गएर दण्ड भोग्छ रे। यो अवधारणा हिन्दू, इसाई, बौद्ध र इस्लामजस्ता ठूलाे संख्याले मान्ने धर्मको छ। यसरी लिन आएका पुर्खाले मृतकको आत्मालाई विभिन्न ठाउँ, डॉडा, खोला कटाएर पूर्खाको भूमि वा पूर्खाहरु बस्ने लोकमा लैजान्छन् रे। जसको अकाल मृत्यु हुन्छ, त्यो मान्छेको आत्मा भने सोगा–सुगुत (भूतप्रेत) भएर पृथ्वीको वरिपरि घुमिरहन्छ र जिवितहरुलाई दु:ख दिन्छ रे। सायद उनीहरु अकस्मात मर्ने हुँदा पुर्खाहरु उनीहरुलाई पूर्खाको भूमि जाने बाटो देखाउन आउन भ्याउँदैनन् होला, त्यसैले कता जाने बाटो नदेखेर मृत्युलोकमा भट्किरहन्छन्। त्यसैले आत्महत्या र हत्याजस्ता अपराध नगर्नु भन्छन्। बिसौं शताब्दीका महान वैज्ञानिक अल्बर्ट आइन्सटाइन मान्छेको मृत्यु भएपछि पनि यही संसारमा रहिरहन्छ तर उसलाई देख्न सकिन्न भन्ठान्थे रे भन्ने कुरा उनले आफ्नो मिल्ने साथीको मृत्युपछि उनको श्रीमतीलाई चिठीमा लेखेका थिए रे। उनको विचारमा भूत, वर्तमान र भविष्यलाई समयकाे परिदृष्यमा (पानोराेमिक भ्यू अफ टाइम) राखेर हेर्दा सबैजना जिवित नै देखिन्छ भन्ने उनको मान्यता थियो रे। मान्छे शून्यबाट आएको थियो र मरेपछि शून्यमै जान्छ। जलायो भने खरानी हुन्छ, गाड्याे भने कुहिएर माटो बन्छ। तसर्थ मान्छे जहॉबाट आयो त्यही जान्छ – त्यो हो शून्य। दार्शनिक शुकरातले मान्छे मरेपछि मृत्युलाई दुई किसिमले हेर्नुपर्छ भनेका थिए रे। पहिलो सपना नदेखिने निन्द्रा र दोस्रो परलोक जाने यात्रा। सपना नदेखिने निन्द्रा लाग्दा कुनै समस्या नै भएन। परलोक जाने यात्रा मृत्यु हो भने त्यसमा देह त्याग गरिन्छ आत्मा मात्र रहन्छ। त्यसपछि परलोकमा गएर विद्वानहरुसँग विचारविमर्श गर्न सकिन्छ भन्ने उनको घारणा थियो। त्यसैले उनले मन मस्तिष्कलाई जगेर्ना गर्नु, सुधार्नु र सभ्य बनाउनु जुन सधैं (मरेपछि पनि) आफूसँग राख्न सकिन्छ भनेका थिए। शुकरात मृत्युसँग कहिल्यै डराएनन् बरु मृत्युदण्ड दिंदा हाँसीहाँसी विष सेवन गरेका थिए। मृत्यु सम्बन्धी यो अवधारणा पनि राम्रो छ। किनभने मृत्युदेखि डर नमान्ने, शरीरलाई मात्र छाड्ने, मन–मस्तिष्कलाई साथै लैजाने हुनाले जिवित हुँदा उच्च विचार राख्ने र ज्ञानको खोजी गर्नेतर्फ उन्मुख हुनु भन्ने सन्देश दिएका छन्। मरेपछि कहॉ जान्छ भन्ने कुरा त अन्य धेरै दार्शनिकले गरेका छन्। धर्मशास्त्रमा पनि धेरै नै यसको व्याख्या पाइन्छ। अब यी विश्वदृष्टि कुन राम्राे लाग्छ त्यो हामीले छान्न सक्छौं जस्तो मलाई लाग्छ। हामीले देखेअनुसार, भोगेअनुसार भन्ने हो भने मान्छे शून्यबाट आएको थियो र मरेपछि शून्यमै जान्छ। जलायो भने खरानी हुन्छ, गाड्याे भने कुहिएर माटो बन्छ। तसर्थ मान्छे जहॉबाट आयो त्यही जान्छ – त्यो हो शून्य। तर ठूला–ठूला धर्मले भनेको जस्तो स्वर्ग र नर्क जानेभन्दा पनि मलाई पूर्खाको भूमि जाने अवधारणा मन पर्‍यो। किनभने पूर्खाको भूमिमा सबै आफ्ना हुन्छन्। आफ्नाे परिवारसँग मिलेर बस्न पाउँदा रमाइलो नै हुन्छ। अब तपाईंहरू पनि मरेपछि कता जाने आफैं रोज्न सक्नुहुन्छ। himalkhabar.com