- Loading...
एउटा कोरोना संक्रमितको दाह संस्कार
- पुनहिल डट कम
- ३ साल अघि
- २६७ पटक पढिएको

मृत्यु जीवनको अन्तीम सत्य हो । अन्तिम संस्कार मानिसको मृत्युपछि गरिने संस्कार हो । मृत्यु संस्कारको पहिलो काम दाहसंस्कार हो । यो धर्म र संस्कृति अनुसार फरक फरक हुन्छ । हिन्दु सनातन धर्म अनुसार मानिसको जन्म–मृत्युसम्म १६ संस्कार गरिन्छन । त्यसमध्य दाहसंस्कार एक हो ।
हिन्दु सनातन धर्म अनुसार साधु, सन्तको मृत्युपछि समाधी गरिन्छ । अन्यको भने दाहसंस्कार । गरुड पुराण अनुसार मानिसको मृत्युपछि आत्मा नयाँ जीवनमा प्रवेश गर्छ । जो व्यक्तिको अन्तीम संस्कार गदिदैन, उस्को आत्मा प्रेत वन्छ भनिएको छ । त्यसकालागी मृत्यु संस्कार गरिनु पर्छ । हिन्दु धर्ममा मात्र होईन सवै धर्म र संस्कृतिमा सुर्यास्तपछि शवको दाहसंस्कार गरिदैन । राती दाहसंस्कार गरे मृतकले परलोकमा कष्ट प्राप्त गर्छ भन्ने जनविश्वास छ ।
सम्मानपूर्वक बाँच्न पाउने अधिकार रहेको मानिसको मृत्युपछि पनि शवको सम्मानपूर्वक अन्तिम संस्कार गरिनु पर्छ । सनातन धर्म संस्कार अनुसार दाहसंस्कार गर्दा शवलाई नयाँ वस्त्र लगाई, कुशको शव शैया बनाई घरमा प्रथम पीण्ड, बाटोमा पीण्ड, घाटमा पुऱ्याई पीण्ड दिनु पर्छ । घाटमा शव पुऱ्याएपछि दक्षिणमुख पर्नेगरी चितारोहण गराई, पानी पोखेपछि पूर्णहुति (कपाल क्रिया)गरी दागवत्ति दिएपछि अस्तु विर्सर्जन गर्ने चलन छ ।
तर अहिले परिस्थिती अप्ठ्यारो छ । संक्रामक रोगको महामारीले विश्व आक्रान्त छ । महामारीको कारण धेरैको मृत्यु भएको छ । परिस्थिती फरक रहेकोले सरकारले संक्रामक रोगको महामारी ‘कोभिड–१९ का कारणले मृत्यु भएका ब्यक्तिहरुको शव ब्यवस्थापन सम्बन्धी कार्यविधी ०७६’ जारी गरेको छ । १४ बुंदे यो कार्याविधीले पनि मृतकको कुलधर्म अनुसार शवको सम्मान गर्दै शवको जथाभावी सदगद गर्न नहुने भनेको छ ।
कोरोना संक्रमित शव ब्यवस्थापन गर्दै रेडक्रसकर्मी
देशभर कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिको शव ब्यवस्थापन नेपाली सेनाले गर्दै आएको भएपनि यहाँ भने रेडक्रसका स्वय सेवकहरुले गर्दै आएका छन ।
संक्रमितको शव ब्यवस्थापनमा खटिने कम्तीमा ५ जना सैनिकलाई १० दिन क्वारेन्टाईन बस्दाको खाना भत्ता, शव वोक्ने छुट्टै गाडी, पिपिई समेत स्वास्थ्य सुरक्षा सामाग्रीको खर्च ब्यहोर्ने निकाय फेला नपरेपछि रेडक्रसका स्वयंसेवकले नि:शुल्क गरेका हुन ।
‘कोरोना भाईरस संक्रमणको पहिलो वर्ष नै कोरोना कन्ट्रोल कमाण्ड पोष्टले रेडक्रसलाई प्यासेन्ट रिसिभिङ टिम (पिआरटी)को जिम्मा दिएको थियो । पछि शव ब्यवस्थापनमा खर्चसमेतको प्राविधिक कुरा उठेपछि रेडक्रस अघि सरेको हो’ रेडक्रस सभापति लेखबहादुर हमालले भने, ‘विपत पश्चातको शव ब्यवस्थापन र कोभिडका कारण मृत्यु भएका शव ब्यवस्थापन दुवै तालिम प्राप्त जनशक्क्ति भएकोले जिम्मेवारी लिन सजिलो भएको हो ।’
कोरोना संक्रमित भै मृत्यु भएका व्यक्तिको शवको समुदाय स्तरबाट ब्यवस्थापन गरिएको यो नेपालको पहिलो अभ्यास भएको रेडक्रसले जनाएको छ । रेडक्रसका अनुसार विपद पश्चातको शव ब्यवस्थापन सम्बन्धी तालिम लिएका स्वयं सेवकलाई नै कोभिड–१९ का कारण मृत्यु भएका ब्यक्तिको शव ब्यवस्थापन सम्बन्धी एक दिने तालिम दिएर शव ब्यवस्थापन जिम्ममा लगाईएको हो ।
शव ब्यवस्थापन गर्ने काममा नेपाल पत्रकार महाँसघका पूर्व अध्यक्ष रहेका रेडक्रस म्याग्दी शाखाका उपमन्त्री सुरत केसीको नेतृत्वमा आनन्द रिजाल, जनक सोनाम, कृष्ण बानियाँ, रजनी विक र सृष्टी रोका मगरको टिमले सक्रिय छ । संक्रमित शव अस्पताल/घरदेखी घाटसम्म बोक्न सुरत केसीले आफ्नो निजी हाईलक्स गाडी प्रयोग गर्छन ।
‘विपदमा, अप्ठ्यारो पर्दा आफैले केही गर्न नसक्दा न मान्छेले अरुको सहयोग खोज्छ । संक्रमित शव ब्यवस्थापन गर्न परिवारलाई वोझिलो र खर्चिलो देखें त्यसैले आफै लागेको हुँ’ संक्रमण शव ब्यवस्थापन गर्दै आएका अगुवा सुरत केसीले भने, ‘जिल्लामा शव वाहन छैन, राज्यले छुट्टै गाडी ब्यवस्थापन गरेको छैन, भाडाका र ब्यक्तिगत गाडीले कोरोना संक्रमित भै मरेका शव वोक्दैनन त्यसैले आफ्नै गाडीमा शव वोकेर दाहसंस्कार गर्न लैजान्छु ।’
कोरोना संकेत/लक्षण भएका तर पुष्टी नभएका विरामीको मृत्युपछि पनि परिवारकै आग्रहमा पनि शवको दाहसंस्कार गर्दै आएको छ । रेडक्रसका अनुसार एक जना क्रिश्चियन धर्मसमुदाय बाहेक अन्य सवै हिन्दु सनातन धर्मसम्प्रदायका ब्यक्तिको दाह संस्कार गरिएको छ । दाह संस्कार गरिएका मध्य परिवारको स्वीकृतिमा केहीलाई गाडिएको र अधिकांशका जलाउने गरिएको छ ।
कोरोना संक्रमण भै ५९ जना जिल्लावासीको मृत्यु भएकोमा टोलीले २७ जनाको दाहसंस्कार गरेको छ । बाँकी संक्रमितको जिल्लाबाट थप उपचारक्रममा पोखरा, काठमाण्डौका अस्पतालमा मृत्यु भएकोले उतै सेनाले ब्यवस्थापन गरेको थियो ।
जिल्ला कोरोना संकट ब्यवस्थापन समिति (डिसिसिएमसी)ले कोरोनाबााट संक्रमण भै मृत्यु भएका ब्यक्तिको शव व्यवस्थापन गर्न रेडक्रसले तालिम प्राप्त जनशक्तिसहित इच्छा देखाएकोले जिम्मा दिएको दावी गरेको छ । क्वारेन्टाईन खर्च, शव वाहन समेत सवै स्वास्थ्य सुरक्षा सामाग्री समेतको खर्च रेडक्रसले व्यहोर्ने स्थानीय तहले पनि सहज सहमत भएका हुन ।
‘कोरोना संक्रमणाट मृत्यु भएका व्यक्तिको शव ब्यवस्थापन समुदायले गर्ने कुरा अन्य निकायसँगको कन्फिक्टले होईन । स्वभाविक खर्चको कुरा त थियो तर रेडक्रसले सवै हामी गर्छौं भनेपनि जिम्मा दिईएको हो’ प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने, ‘शव ब्यवस्थापन सम्वन्धी तालिम प्राप्त जनशक्ति र रेडक्रसले शव ब्यवस्थापन गर्दा साह्ै सजिलो भएको छ । झन राम्रो भएको छ ।’
कोभिड–१९ का कारणले मृत्यु भएका ब्यक्तिको शव ब्यवस्थापन सम्बन्धी कार्यविधीले संक्रमित शवको अन्तिम संस्कार गर्न आवश्यक स्वास्थ्य सुरक्षा अवलम्बन गर्न लगाई परिवारलाई दिने, परिवारले नसक्ने भए समुदाय र समुदायले पनि नसके नेपाली सेनालाई दिने भनिएको छ ।
कसरी गरिन्छ संक्रमितको दाह संस्कार
कोरोना संक्रमितको उपचारक्रममा स्वास्थ्य संस्था वा घरमै मृत्यु भएपछि रेडक्रसको शव व्यवस्थापन टिमलाई खवर आउँछ । त्यसपछि टोलीले घट्ना स्थल पुगेर आवश्यक पिपिई, मास्क, चस्मा, पन्जा, वुट समेतका स्वास्थ्य सुरक्षा सामाग्री लगाउँछन । शवलाई पिपिई जस्तै सुरक्षित ब्याग भित्र प्याक गर्छन । शव प्याक गरिएको व्यागलाई गाडीको पछाडी ढालामा राख्छन । र आफुहरु अगाडी बसेर आफैले गाडी चलाएर घाटमा पुऱ्याउँछन । संक्रमित शव ब्यवस्थापनको नेतृत्व गर्दै आएका सुरत केसीको निजी हाईलक्स गाडी प्रयोग गर्छन ।
घाटमा मृतकका आफन्तले चीता बनाईसकेका हुन्छन । केही संक्रमितको शव जलाउन ब्यवस्थापनमा खटिएका ब्यक्तिले नै दाउरा खोजेर चीता बनाउनु पर्छ । संक्रमित शवलाई चीतारोहण गरेपछि मृतकका आफन्तलाई दाहसंस्कारकालागी अलग्गै दागवत्ती दिने, धुप वाल्ने र आगो सल्काउन लगाउँछन ।
अन्त्यमा, कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिको शव ब्यवस्थापन टिमका सदस्यहरुले लगाएको पीपिई, पन्जा, टोपी, चस्मा, वुट समेतका सामाग्री खोलेर प्लास्टिक ब्यागमा प्याकगरी सोही वलिरहेको चिता छेउमा राखेर जलाई घर फर्कन्छन । शवको अस्तु भने परिवारका सदस्यले अन्तिममा अन्त्यष्टि गर्छन ।
कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (सिसिएमसी)ले संक्रमितको शव ब्यवस्थापनमा खटिने ब्यक्तिहरु क्वारिन्टनमा बस्नु पर्ने भनेको छ । तर यहाँको शव ब्यवस्थापन टिम भने संक्रमितको शवमा दाहसंस्कार गर्ने क्रममा लगाएको स्वास्थ्य सुरक्षा सामाग्री खोलेपछि सोझै घर फर्कने गरेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
