Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दीमा ‘लुज डाउन’ गरियो, वैंकवित्तिय संस्था हप्ताका ६ दिन खुल्ने

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २३३ पटक पढिएको
म्याग्दीमा ‘लुज डाउन’ गरियो, वैंकवित्तिय संस्था हप्ताका ६ दिन खुल्ने

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड¬–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि निशेषाज्ञालाई विस्तारै खुकुलो बनाउँदै बनाउन थालिएको छ । सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले असार १ गतेदेखि ७ गतेसम्म थपिएको लकडाउनलाई खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

कोरोना संक्रमणको दर घटेसंगै अस्पताल तथा स्वास्थ्य संस्थामा विरामीको चाप घटेसँगै परिस्थितीमा सुधार आएको र मनसुनसँगै कृषक खेतीपातीमा व्यस्त रहने भएकोले तुलनात्मक भीडभाड कम हुने आंकलन सहित म्याग्दीमा लक डाउनलाई लुज डाउन गरिएको हो ।

वैशाख २२ गतेबाट सुरु भएको बेनीको निषेधज्ञालाई सङ्क्रमणको अवस्थाबारे समीक्षा गरी खुकुलो बनाउँदै लगिएको हो । जिल्लामा जारीे लकडाउनको समयमा बैकँ, वित्तिय संस्था तथा सहकारीहरु असार १ गतेदेखि ७ गतेसम्म विहान ८ बजेदेखि १२ बजेसम्म खुल्ने भएका छन् ।
सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले असार १ गतेदेखि ७ गतेसम्म थपिएको लकडाउनको समयमा बैकँ, वित्तिय संस्था तथा सहकारीहरु विहान ८ बजेदेखि १२ बजेसम्म स्वास्थ्य मापदण्डको पुणर् परिपालन गरेर सेवा प्रवाह गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
खाद्यान्न, कृषि औजार, मल, विउविजन, स्थानीय उत्पादित तरकारी, दुध, डेरीजन्य उत्पादन, हार्डवयर, पुस्तक तथा स्टेशनरी पसलहरु ५ बजेदखि ११ बजेसम्म स्वास्थ्य सामाग्री प्रयोग गरेर खुलाउने निणर्य गरिएको प्रजिअ गणेशबहादुर अधिकारीले जानकारी जानकारी दिए । औषधी पसलहरु नियमित रुपमा खुल्ने छन् । सरकारी कामकाज लागि सरकारी सवारीसाधनहरु बाहेक सार्वजनिक वा नीजि सवारीसाधनहरु संचालन गर्न पाईने छैन् ।
जिल्लामा सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, मानिसहरु भेला, भिडभाड, जुलुस र महोत्सव नगर्न आग्रह गरेको छ। कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन सङ्क्रमितभन्दा निको हुनेदर उच्च हुँदै गइरहेको तथ्याङ्कल देखाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल