- Loading...
मार्फा खोलामा सडक अवरुद्ध, यात्रु अलपत्र
- पुनहिल डट कम
- ४ साल अघि
- ४८८ पटक पढिएको

बेनी–जोमसोम सडकको मुस्ताङ खण्डको मार्फा खोलामा आएको बाढीले सडकको कल्भर्ट बगाउँदा यातायात अवरुद्ध हुँदा गन्तव्यतर्फ हिँडेका यात्रु अलपत्र परेका छन् ।
मार्फा खोलामाथि पक्की पुल निर्माणाधीन रहेको र कच्ची अस्थायी मोटरपुल बाढीले बगाएकोले यातायात अवरुद्ध भएको हो । बाढीले यातायात अवरुद्ध भएपछि तलबाट माथि लोमान्थाङतर्फ फर्केका शिक्षक, विद्यार्थी र धर्मगुरुहरु समेत कम्तिमा ४० जना यात्रु मार्फा खोलामा अलपत्र परेका छन् ।
‘मार्फा खोलामा आएको बाढीले ल्याएको लेदो थुप्रो लागेको र खोलामा पानीको सतह समेत अधिक वृद्धि भएकोले यातायात अवरुद्ध हुँदा बिहान नौ बजेदेखि हामी अलपत्र परेका छौं,’ घर बिदाबाट कार्यस्थल फर्कंदै गरेका कोरला सीमावर्ती छोसेरको दिव्यज्याेति माविका शिक्षक भोजराज तिवारीले भने, ‘बाटो खुलाउन आएको एस्काभेटर समेत बिग्रेपछि झन् समस्या छ । पैदल तरेर खोलापारी जान पनि सक्दैनौं, वारी बास पनि पाएका छैनौं ।’
धवलागिरी र टुक्चे पीक क्षेत्रमा परेको भारी वर्षापछि मार्फा खोलामा आएको बाढीले ल्याएको लेदो सहितको गेग्रान सडक थुप्रो लागेकोले सोमबार बिहानैदेखि याताताय अवरुद्ध भएको हो ।
‘मार्फा खोलामा बाढीले सास्ती दिएको छ । दिउँसो अबेर पहिरो पन्छ्याएर याताताय सञ्चालन गरिए पनि पुन:बाढी आएकोले यातायात अवरुद्ध भएको छ । आज सडक खुलाउन सकिने अवस्था छैन’मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले भनिन्, ‘ठाडो खोलामा जबरजस्ती गाडी हाल्न रोक लगाएका छौं । अलपत्र परेका यात्रुलाई सुरक्षित बासका लागी मैले पहल गर्छु ।’ ekantipur.com

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
