FLASH NEWS
  • Loading...

असार १ गतेबाट भदौ मसान्तसम्म सडक खन्न नपाइने,जबरजस्ती खने कारबाही हुने

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२६ पटक पढिएको
असार १ गतेबाट भदौ मसान्तसम्म सडक खन्न नपाइने,जबरजस्ती खने कारबाही हुने

असार १ गतेबाट कुनै पनि बहानामा सडक खन्न नपाइने भएको छ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना जारी गर्दै असार १ गतेबाट भदौ मसान्तसम्म मातहतको सडक धारा,ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्न नपाइने जनाएको हो।

साथै  कुनै पनि सडक खन्न स्वीकृति नदिइने आइतबार सूचनामा उल्लेख छ। कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने कार्यालयले जनाएको छ।

बर्खामा सडक खन्दा तत्कालै मर्मत सम्भार गरि यथास्थितिमा ल्याउन नसकिने र थप विग्रदै जाने भएकाले बर्सेनि असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइन्छ।

संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं अन्तर्गत उपत्यकासहित विभिन्न जिल्लाका सडकहरु पर्दछन्।