FLASH NEWS
  • Loading...

रेडक्रसकर्मी याम शाक्यको निधन, म्याग्दीले असल सेवक गुमायो

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७४ पटक पढिएको
रेडक्रसकर्मी याम शाक्यको निधन, म्याग्दीले असल सेवक गुमायो

म्याग्दीका पुराना ब्यापारिक घराना शाक्य परिवारका वरिष्ठ ब्यवसायी एवं लोकप्रिय रेडक्रसकर्मी तथा सामाजिक कार्यकर्ता याम शाक्यको निधन भएको छ ।
सदरमुकाम बेनीका पुराना ब्यापारिक घरना शाक्य भाँडापसल, भिभा पाउरोटी उद्योग तथा पिएल स्टोर्सका संञ्चालक समेत रहेका वरिष्ठ ब्यवसायी याम शाक्यको शनिवार धुलिखेल सामुदायीक अस्पतालमा उपचारक्रममा मृत्यु भएको हो ।
म्याग्दीको रेडक्रस अभियान, वौद्ध संघ, बेनी खानेपानी उपभोक्ता संस्था समेत दर्जनबढी सामाजिक संघसंस्थामा रहेर निस्कलंक सेवा गरेका शाक्यको कोरोना संक्रमणपछि डिप निमोनिया भै उपचारक्रममा मृत्यु भएको हो । उनी लामो समयदेखी आईसियुमा भेन्टीलेटरको सहयोगमा उपचार गरिएको थियो । शाक्यले कोरोना जितेपनि कोरोनाको असर निमोनिया भएको थियो ।
सहयोगी, दानी र मानवीय सेवा भावबाट प्रेरित मृदुभाषी र सरल स्वभावका याम शाक्य संभवत कहिल्यै नरिसाउने र अन्यलाई नचिढाउने ब्यक्ति थिए ।
आमा लक्ष्मी शाक्यको पनि कोरोना संक्रमणबाट मृत्यु भएको १३ औं दिन नपुग्दै र आमाको मृत्यु भएको समेत चाल नपाई याम शाक्यलाई निस्ठुरी कालले लगेको छ ।