FLASH NEWS
  • Loading...

म्याग्दीमा थप ४६ जनामा कारोना संक्रमण

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७७ पटक पढिएको
म्याग्दीमा थप ४६ जनामा कारोना संक्रमण

म्याग्दीमा शनिबार थप ४६ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ७ जना , धवलागिरी गाउँपालिकामा १ जना , मंगला गाउँपालिकामा ३ जना , मालिका गाँउपालिकाका १ जना , पर्वतकाे जलजला गाउँपालिका घर भइ बेनीमा बस्ने १ जना गरी १३ जनामा पिसिआर विधिबाट र बेनी नगरपालिकामा ३ जना , रघुगंगा गाउँपालिकामा ३ जना , अन्नपुर्ण गाउँपालिकामा २६ जना , मालिका गाँउपालिकाका १ जना जना गरी ३३ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २२३९जना पुगेको छ ।कुल संक्रमित मध्य पिसिआरबाट १५७८ जना र एन्टिजेनबाट ६६१ जना पहिचान भएका हुन् । जिल्लामा २०५जना सक्रिय संक्रमित रहेका छन् ।

शनिबार मात्र ५८ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन्। अझै १५ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ।