FLASH NEWS
  • Loading...

मनसुन आज गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशसम्म प्रवेश

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१३ पटक पढिएको
मनसुन आज गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशसम्म प्रवेश

नेपालको पूर्वी भूभागहरुः प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा प्रवेश गरेको मनसुन २९ गते बाट गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भू-भाग सम्म प्रवेश गरेको छ ।अबको एक दुई दिनमा मनसुन पश्चिम नेपाल सम्मनै प्रवेश गर्ने देखिन्छ ।

आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा केहि स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ जेठ २९  गते (शनिबार)

साँझदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ ,गण्डकी प्रदेश  र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारि बर्षाको पनि संभावना रहेको छ।