FLASH NEWS
  • Loading...

गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा पोखरेल नियुक्त, निवर्तमान मुख्यमन्त्री गुरुङले दिए बुधाई

  • पुनहिल डट कम
  • २ साल अघि
  • ६३ पटक पढिएको
गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा पोखरेल नियुक्त, निवर्तमान मुख्यमन्त्री गुरुङले दिए बुधाई

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गरेकी छन्। प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम प्रदेशसभामा बहुमत दाबी गर्ने सदस्यको रुपमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

पोखरेलले ३१ जना सांसदको हस्ताक्षरसहित शुक्रबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा आफ्नो दावेदारी पेश गरेका थिए।

नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता हुन्। उनी नवलपरासी पूर्व (क)बाट प्रत्यक्ष निर्वाचित भएका हुन्। ७१ वर्षीय पोखरेल पञ्चायककालदेखि नै राजनीतिमा सक्रिय छन्। २०२८ सालमा कांग्रेसको राजनीतिमा प्रवेश गरेका उनी पटक–पटक जेल परेका छन्। उनले भारतको दरभंगबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन्।

गुरुङले दिए बधाई

नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधाई दिएका छन् ।

पोखरेल मुख्यमन्त्री नियुक्त भएलगत्ते गुरुङले फोन गरेर बधाई दिएका हुन् ।

‘मुख्यमन्त्री हुनुभएकोमा बधाई छ है मेरोतर्फबाट र मेरो पार्टीको तर्फबाट,” उनले फोनमा भने, “एकदम शुभकामना छ तपाईंको सफल कार्यकालको लागि ।”