- Loading...
राउटेले भनेः खाद्यन्न सहयोग चाहियो
- पुनहिल डट कम
- ३ साल अघि
- २७९ पटक पढिएको

कर्णाली प्रदेशमा फिरन्ते जीवन बिताउँदै आएका राउटेले दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोग मागेका छन्। शुक्रबार राउटे समूदायका मुखियाससहितका टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर आफ्नो समूदायमा दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोग मागेका हुन्।
राउटे हाल सुर्खेतको गुर्भाकोट नगरपालिकाको वडा नम्बर ९ मा बस्दै आएका छन्। काठका भाँडाकुँडा बनाउने र त्यसलाई अनाजसँग साटेर दैनिक गुजारा गर्ने यो समूदायले पछिल्लो समय काठका भाँडाकुँडा विक्री नभएपछि समस्या भोग्दै आएको छ। त्यसमाथि गैरसरकारी संस्थाहरुको अनावश्यक हस्तक्षेपका कारण राउटे समूदायमाथि नै जोखिम बढेको छ।
राउटे समूदायका मुखिया मइनबहादुर शाहीले मुख्यमन्त्री शाहीसँग सहयोग मागेपछि मुख्यमन्त्री शाहीले सहयोग गर्ने बचन दिएका छन्। भेटका क्रममा सामाजिक विकासमन्त्री यज्ञ विसी पनि साथमा रहेका थिए। राउटे समूदायलाई सरकारले सामाजिक सुरक्षा भत्तासमेत वितरण गर्दै आएको छ। त्यसैले पनि राउटेहरु अहिले काठका सामान बनाउनभन्दा परजीवि बन्दै गएका छन्। यो समूदायले खेतिपाती गर्न पाप हुने विश्वास राख्छ।
त्यसैले पनि यो समूदायमा खाद्यन्न संकट हुने गरेको छ। सरकारले दिने सामाजिक सुरक्षा भत्ता तथा केही गैरसरकारी संस्थाहरुले गर्ने सहयोगबाट यो समूदायले हाल गुजारा चलाउँदै आएको छ। त्यसमाथि पछिल्ला वर्षहरुमा अन्य मानिससँग यो समूदायको घुलमिल बढेपछि मदिरा सेवन गर्नेहरु पनि बढेका छन्। अन्य मानिसहरुसँगको घुलमिलकै कारण हालै राउटे युवतीमाथि यौन दूर्व्यवहार भएको थियो।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
