FLASH NEWS
  • Loading...

रहेनन वीरबहादुर कार्की सर

  • पुनहिल डट कम
  • २ साल अघि
  • १९८ पटक पढिएको
रहेनन वीरबहादुर कार्की सर

म्याग्दीका एक लोकप्रीय पूर्व शिक्षक, पश्चिम म्याग्दीको शैक्षिक केन्द्र जनप्रीय माध्यामिक विद्यालय दरवाङ्गमा लामो समय प्रध्यानाध्यापक रहेका वीरबहादुर कार्कीको निधन भएको छ ।
घाँटीको क्यान्सरबाट पीडित भै लोमो समयदेखी पोखरा स्थित मणीपाल शिक्षण अस्पतालमा उपचाररत रहेका कार्कीको शुक्रवार अस्पतालमै मृत्यु भएको हो । तीन दिन अघि जेठ २६ गते कार्कीका कान्छा छोरा विकलको पनि सोही अस्पतालमा कोरोना संक्रमण भै मृत्यु भएको थियो ।

बेनी नगरपालिका, १ रत्नेचौरमा जन्मेका कार्की २०२४ सालदेखी दरवाङ स्थित जनप्रीय माध्यामिक विद्यालयमा ३९ बर्षसम्म निरन्तर प्रध्यानाध्यापक रहेका वीरबहादुर कार्की ०६३ सालमा सेवा निबृत्त भएका थिए । जन्मथलो रत्नेचौर भएपनि दरवाङमै आजिवन कर्मथलो बनाए । बहुआयामिक व्यक्तित्व रहेका कार्कीलाई पश्चिम म्याग्दीको शैक्षिक क्षेत्रका एक युग पुरुषको रुपमा मान्ने गरिएको छ ।