FLASH NEWS
  • Loading...

गण्डकी प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८१ पटक पढिएको
गण्डकी प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान

गण्डकी प्रदेश प्रमुखद्वारा २४ घण्टाभित्र प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार दिउँसो ३ बजे संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनको लागि प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा संविधानको धारा १६८ (२) बमोजिमको प्रदेशसभाका सदस्यहरुलाई आह्वान गरेकी हुन् ।

 

साथै अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले नै कार्य गर्ने उल्लेख छ ।