- Loading...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत गुमाएसँगै स्वतः पदमुक्त
- पुनहिल डट कम
- ३ साल अघि
- १८४ पटक पढिएको

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत पाउन सकेनन्। प्रदेशसभामा विश्वासको मत गुमाएसँगै उनी स्वतः पदमुक्त भएका छन्। एक महिनाअघि सबैभन्दा ठूलो दलको नेताको हैसियतमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए।
विहीबार प्रदेशसभामा मुख्यमन्त्री गुरुङले राखेको विश्वासको मतको प्रस्तावमा मत विभाजन हुँदा पक्षमा मत २७ र विपक्षमा ३० मत पर्यो। ६० जना सांसद मध्ये ५८ जनामात्र उपस्थित थिए। ती मध्ये १ जना भने तथस्ट रहे। बहुमतका लागि ३१ मत चाहिन्छ। जनमाेर्चाका कृण थापा तथस्ट रहे। गुरुङ सरकारकै युवा तथा खेलकुदमन्त्री दीपक मनाङे भने मतदान हुँदा प्रदेशसभामा अनुपस्थित रहे।
मुख्यमन्त्रीको प्रस्तावविरुद्ध काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपाले मतदान गरेका थिए। ६० सदस्यीय गण्डकीमा विपक्षी गठबन्धनको पनि स्पष्ट बहुमत छैन। तर, दीपक मनाङेले विपक्षीलाई साथ दिए विपक्षीको बहुमत पुग्ने देखिएको छ।
गुरुङ पदमुक्त भएपछि प्रदेश प्रमुख सिता पौडेलले नयाँ सरकार बनाउनका लागि आव्हान गर्ने सम्भावना छ। चर्चा त प्रदेशसभा विघटनको पनि चलिरहेको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
