- Loading...
अन्नपूर्ण आरोहणको ७१ वर्ष: किन थोरैले मात्र आरोहण गरे ?
- पुनहिल डट कम
- ३ साल अघि
- २३६ पटक पढिएको

अन्नपूर्ण पहिलो हिमाल आरोहण गरेको ७१ वर्ष पुगेको उपलक्ष्यमा बिहीबार नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को केन्द्रीय समिति र गण्डकी प्रदेश समितिले भर्चुअल रूपमा ”७१ औँ अन्नपूर्ण आरोहण दिवस–२०२१” मनाएको छ । उक्त अवसरमा पहिलो पटक ८ हजार मिटर भन्दा माथिको अन्नपूर्ण पहिलो हिमाल आरोहण गरिएको भए पनि त्यस क्षेत्रको पर्वतारोहणको अपेक्षित विकास हुन नसकेकोमा चिन्ता व्यक्त गरियो ।
८०१९ मिटर अग्लो अन्नपूर्ण पहिलोको आरोहण सन् १९५० जुन ३ का दिन फ्रान्सेली नागरिकहरू मोरिस हर्जोग र लुइस लक्ष्नलले गरेका थिए । त्यस बेलासम्म ८ हजार मिटर भन्दा माथिको कुनै पनि हिमाल आरोहण हुन सकेको थिएन । त्यसको तीन वर्षपछि सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । कार्यक्रममा नेपालको पर्यटनमा हर्जोगले पुर्याएको योगदानको पनि चर्चा गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्ध गुरुङले अन्नपूर्ण हिमालले आरोहणमा इतिहास रचेको भए पनि अहिलेसम्म थोरै मान्छेले मात्र यसको आरोहण गरेको बताए । ”हालसम्मको तथ्याङ्क हेर्दा ज्यादै थोरै आरोहीले मात्र अन्नपूर्ण हिमालको आरोहण गरेका छन्” गुरुङले भने, ”यसको कारणको खोजी र उपयुक्त पहल जरुरी छ ।”
गण्डकी प्रदेशमा ८ हजार मिटर माथिका मनास्लु (८१५६ मिटर) र धौलागिरि पहिलो (८१५७ मिटर) पनि रहेका छन् । सन् २०१९ सम्मको तथ्याङ्क अनुसार यी हिमालहरू मध्ये मनास्लु २२३०, धौलागिरि ५५० र अन्नपूर्ण ३०९ जनाले आरोहण गरेको छ ।
एनएमएका सल्लाहकार तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य गणेश गुरुङले नेपालको पर्यटनको विकासमा मोरिस हर्जोगको विशिष्ट योगदान रहेको उल्लेख गरे । हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गरेर फर्केपछि ”अन्नपूर्ण” शीर्षकको पुस्तक लेखेका थिए । उक्त पुस्तक एक वर्षमा एक करोड भन्दा बढी विकेको थियो भने हालसम्म ४० भाषामा पुन: प्रकाशित भइसकेको छ ।
”हो, हर्जोगको पुस्तकले नेपालका बारेमा यूरोप र उत्तर अमेरिकामा ठुलो प्रचारको काम गर्यो, फलस्वरूप नेपाल घुम्न आउनेहरूको सङ्ख्या पनि ह्वात्तै बढ्यो” उनले भने, ”तर हामीले भएको कुरा देखाउने बाहेक नयाँ उपजहरूको बारेमा सोच्नै सकेनौँ ।” उनले अव पर्यटनमा नयाँ सोचको आवश्यकता पर्ने बताए ।
कार्यक्रममा नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्सिस् जेभियर लेगरले फ्रान्सेली टोलीको अन्नपूर्ण आरोहणले नेपाल र फ्रान्सबीचको मित्रता र भातृत्वलाई सधैँ स्मरण गराउने बताए । ”त्यो सफल आरोहण ऐतिहासिक हुनुका साथसाथै फेन्च र नेपाली टोलीको राम्रो सहकार्यको उदाहरण पनि थियो” उनले भने । उनले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा मोरिस हर्जोगको उक्त आरोहणका बारेमा फोटो तथा विभिन्न दस्ताबेजहरू भएको एउटा ग्यालरी स्थापना गरिएकोले त्यसको अवलोकन गर्न पनि आग्रह गरे ।
कार्यक्रममा यही वर्ष अन्नपूर्ण हिमालको आरोहण गरेका छ जना नेपाली महिला आरोहीहरुलाई बधाई ज्ञापन गरिएको थियो । एनएमएका अध्यक्ष सन्तवीर लामाले अध्यक्षता गरेको तथा महासचिव कुलबहादुर गुरुङले सञ्चालन गरेको कार्यक्रममा म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्षहरू क्रमशः दम पुन र युवराज कुँवरले त्यस क्षेत्रको पर्यटन विकासमा स्थानीय सरकारले गरिरहेका प्रयासहरूको बारेमा बताएका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
