FLASH NEWS
  • Loading...

दुर्गम धवलागिरीमा भिडियो एक्सरे र ल्याव सेवा सुरु

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६२ पटक पढिएको
दुर्गम धवलागिरीमा भिडियो एक्सरे र ल्याव सेवा सुरु

सहरी स्वास्थ्य सेवामा भिडियो सामान्य भएपनि यहाँको धवलागिरी गाउँपालिकाले भिडियो एक्सरे तथा ल्याव परिक्षण सेवा सुरु गरी एक युगको अन्त्य गरेको छ ।
सदरमुकाम बेनीदेखी गाडीमा कम्तीमा एक दिन टाढाको ताकम अस्पतालमा मंगलवार पहिलो पटक गर्भको समय अवधि पुगेकी स्थानीय गर्भवतीको शिशुको अवस्था, सालनालको अवस्था र पाठेघरमा पानीको मात्र हेरी भिडियो एक्सरे सेवा सुरु गरिएको हो ।
ल्याव तथा भिडियो एक्सरे सेवा संञ्चालन गर्न उपकरण खरिद तथा जनशक्तिको ब्यवस्थापन धवलागिरी गाउँपालिकाले गरेको हो । अस्पताल संञ्चालन गर्न गाउँपालिकाले डाक्टरलाई भत्ता बाहेक मासिक एक लाख पारिश्रमिक र टेक्निसयिनलाई अतिरिक्त भक्ता दिनेगरी जनशक्ति ब्यवस्थापन गरेको छ । भिडियो एक्सरे मेशिन गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको हो ।
‘ल्याव सेवा र भिडियो एक्सरे सुरु गरेपछि अव आधारभुत रुपमै अन्दाजको भरमा औषधोपचारको युग समाप्त भएको छ । कम्तीमा अव विरामीको ल्याव रिपोर्ट हेरेर औषधी लेख्न सक्छु’ ताकम अस्पतालका डा. एकराज भण्डारीले भने, ‘दुर्गमको अस्पतालमा सेवा दिन त आईयो तर केहीपनि आधारभुत पूर्वाधार थिएन । डाक्टरकालागी भवन भन्दा ठूलो उपकरण र औषधीको उपलब्धता महत्वपूर्ण थियो ।’


अघिल्लो वर्षदेखी गाउँपालिकाले सुरु गरेको ५ शैयाको ताकम अस्पतालमा भिडियो एक्सरे तथा ल्याव सेवा सुरु गरेपछि सामान्य दिसा, पिसाव र रगतको परिक्षण गर्न र भिडियो एक्सरेबाट गर्भको जटिलता समयमै पत्ता लगाई आपतकालिन लिन समयमै सुविधायुक्त अस्पताल पुग्न सजिलो हुने भएको छ । यस अघि स्थानीय सुडेनी वा महिला स्वय सेविकाले हातले छामेर गर्भको जटिलता पत्ता स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी गराउन सकिने/नसकिने पत्ता लगाउने गरिएको थियो ।
त्यसैगरी अस्पतालमा ल्याव सुरु भएपछि विरामीको रगत, पिसाव, दिसा तथा एएनटी प्याकेजका सवै परिक्षण गाउँमै हुन थालेको छ । ल्याव सेवा सुरु भै रगत, दिसा, पिसाव र एएनसी प्याकेजका सवै परिक्षण हुँदा अन्दाजको भरमा विरामीलाई औषधी दिनु पर्ने बाध्यता हटेको छ ।
‘हाम्रा गाउँमा अहेव, अनमी र महिला स्वयंसेविकाले हातले छामेर रोगीको उपचार गर्ने युगमा थियौं । डाक्टर, भिडियो एक्सरे मेशिन र ल्याव सेवा देख्न सहर पुग्नु पथ्र्यो । भिडियो एकसरे र ल्याव सेवा हाम्रा लागी ठूलो कुरा हो’ धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन, ‘एउटा अँध्यारो युग अन्त्य भएको ठान्छु । म सडक, भवन भन्दा पहिला जनताको स्वास्थय र शिक्षामा प्राथमिकता राखेर काम गरिरहेकी छु । अव सेवाको निरन्तरता र प्रभावकारीता टिकाउनु तथा ब्यवस्थापन खर्च थेग्नु हाम्रो चुनौति हो ।’

धवलागिरी गापामा ५ बेडको अस्पताल संञ्चालन भएपनि अस्पताल भवन भने भर्खर निर्माणाधिन छ । धवलागिरी गापा, ७ ताकम स्थित स्वास्थ्य संस्थामा ताकम अस्पताल संञ्चालनमा रहेको छ । गाउँपालिकाले गत वर्ष नै ल्याव स्थापना गरेको भएपनी गत वर्षको मनसुनजन्य विपदको क्रममा गएको बाढीपहिरोले ताकम स्वास्थ्य चौकी समेत ल्याव सवै वगाएपछि गापाले यो वर्ष पुन: सवै उपकरण खरिद गरी संञ्चालनमा वल्न ल्याएको हो ।