FLASH NEWS
  • Loading...

म्याग्दीलाई ‘फ्रि ब्लड जोन’ बनाईने

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३१४ पटक पढिएको
म्याग्दीलाई ‘फ्रि ब्लड जोन’ बनाईने

नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाले जिल्लामा ‘फ्रि व्लड जोन’ बनाउन अभियान थालेको छ ।
बेनी अस्पताल समेत जिल्लाका स्वास्थ्य संस्थामा उपचार गराउने विरामीलाई आवश्यक पर्ने रगत म्याग्दी रेडक्रसद्धारा संञ्चालित रक्त संञ्चार सेवा मार्फत फ्री ब्लड जोन बनाउन लागिएको हो । त्यसकालागी हरेक स्थानीय तहले एक लाख रुपैयाँ बराबर रेडक्रसको कोषमा जम्मा गर्ने र सोही कोषबाट विरामीलाई निशुल्क रगत उपलब्ध गराउने छ ।
रक्तदाताले नि:शुल्क दिएको रगतको एचआईभी, सुगर, हेपाटाईटिस समेतका विभिन्न रोग भए/नभएको परिक्षण गर्न प्रति पिन्ट रगतमा एक हजार शुल्क लिने गरिएको छ । फ्रि ब्लड जोन स्थापना पछि अस्पताल आउने सवै विरामीलाई आवश्यक सवै रगत निशुल्क उपलब्ध गराउने रेडक्रसको योजना छ ।
रेडक्रसको फ्रि ब्लड जोन कार्याक्रम संञ्चालन गर्न जिल्ला समन्वय समितिले एक लाख रुपैयाँ अक्षय कोषमा जम्मा गरिदिएको छ । यस अघि रघुगंगा गाउँपालिकाले एक लाख रुपैयाँको कोष स्थापना गरी गाउँपालिका भित्रका विरामीले बेनी अस्पतालमा हेमो डायलासिस गरिरहेका र सुत्केरी गराउँदा वा अन्य विरामीलाई आवश्यक पर्ने रगतको खर्च ब्यहोर्दै आएको छ ।
‘हामीले बेनी अस्पताल र जिल्लाका स्वास्थ्य संस्थामा उपचाररत रगतको आवश्यक पर्ने विरामीलाई निशुल्क रगत उपलब्ध गराउन चाहन्छौं’ रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमालले भने, ‘रक्तदाताले निशुल्क दान गरेको रगत पनि सोझै विरामीलाई दिन मिल्दैन, विभिन्न रोगको परिक्षणगरी शुद्ध रगत मात्र विरामीलाई दिनु पर्ने भएकोले उक्त रगत परिक्षण गर्न केमिकल शुल्क लाग्ने गरेको हो ।’ सभापति हमालले थपे, ‘रघुगंगा गापाले सुरु गरेको अभियानमा जिल्ला समन्वयले पनि एक लाख दिएर साथ दिएको छ । विपन्न विरामीलाई लाभ पुग्ने छ ।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल