FLASH NEWS
  • Loading...

कोरोनाबाट मृत्यु हुने संख्या म्याग्दीमा ५० र मुस्ताङ्गमा १३ पुग्यो

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२३ पटक पढिएको
कोरोनाबाट मृत्यु हुने संख्या म्याग्दीमा ५० र मुस्ताङ्गमा १३ पुग्यो

स्वास्थ्य कार्यालयको अभिलेख अनुसा म्याग्दीमा कोरोना संक्रमणबाट कम्तीमा ५० जनाको ज्यान गएको छ ।
जिल्लामा कोरोना संक्रमित शव ब्यवस्थापन गर्दै आएका कोरोना संकट ब्यवस्थापन समितिमा रेडक्रसका प्रतिनिधीत्व गर्ने सुरत केसीका अनुसार संक्रमणबाट मृत्यु भएका मध्य ३४ जनाको जिल्लामा कोरोना पुष्टी भएका हुन । बाँकी १६ जना जिल्ला बाहिर पोखरा, काठमाण्डौमा स्वास्थ्य उपचारक्रममा कोरोना पुष्टी भएका संक्रमित हुन ।
गत चैत मसान्तसम्म जिल्लाका जम्मा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएकोमा वैशाख र जेठ महिनामा मात्र ४० जनाको मृत्यु भएको हो ।
त्यसैगरी हिमालपारीको जिल्ला मुस्ताङमा पनि कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।
कोरोनाको दोस्रो लहर सुरु भएयता दुई महिनामा घरपझोङ्गमा ४ जना, थासाङ्मा ३ जना र वाह्गाउँ मुक्तिक्षेत्र गापामा ६ जना गरी १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय मुस्ताङ्ग अनुसार मुस्ताङको घरपझोङ्ग, थासाङ्, वाह्गाउँ मुक्तिक्षेत्र र लोमन्थाङ गाउँपालिकामागरी हाल १ सय ५० जना सक्रिय संक्रमित रहेका छन ।
मुस्ताङमा जारी निषेधज्ञाले समुदाय स्तरमा कोरोना संक्रमणको चेनव्रेक गरेपनि अझै प्रभावकारी बनाउन समुदायमा कोरोना परिषाण बढाउने गरी जेठ ३१ गतेसम्म निषेधज्ञा जारी गरीएको छ ।
‘कोरोना संक्रमण बढेपछि वस्ती–वस्तीमा अभियानकै रुपमा कोरोनाको एन्टीजीन परिक्षाण गरिरहेका छौं । झण्डै एक घर एक परिक्षणको दायरामा कोरोना परिक्षण गरिरहेका छौं’ स्वास्थ्य कार्यालय मुस्ताङ्गका प्रमुख टिका भण्डारीले भने, ‘लोघेकर दामोदरकुण्ड गाउँपालिकाले आफ्नो गापा भित्र कसैलाई पनि लक्षण देखिने विरामी कोही नभएकोले परिक्षण आवश्यक नपर्ने भनेपछि परिक्षण गरेका छैनौं । बाकी सवै ४ गाउँपालिकामा भने परिक्षण बढाएका छौं ।’