Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दीमा जेठ ३१ गतेसम्म निषेधज्ञा थपियो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २१७ पटक पढिएको
म्याग्दीमा जेठ ३१ गतेसम्म निषेधज्ञा थपियो

कोरोना संकट ब्यवस्थापन समिति (डिसिएमसी)को वैठकले जारी निषेधज्ञाले कोरोना संक्रमणको चेनव्रेक भै संक्रमणको दर घट्दै गएको भएपनि अझै सुरक्षित वातावरण भै नसकको ठहर गर्दै जेठ ३१ गतेसम्म थप एक साता निषेधज्ञा दिने भने निर्णय गरेको छ ।

तथ्याङ्कमा संक्रमणको दर घटेको देखिएपनि समुदाय तहमा कोरोनाको परिक्षण घटेको र सवै वस्तीमा यस्ता परिक्षण नभएको गुनासा आएपछि आगामी हप्ता सवै स्थानीय तहले हरेक वडाको वस्ती तहमा संभव धेरैको नमुना परिक्षण गरी परिस्थितीको पुन:मुल्यड्डन गर्ने पनि निर्णय भएको छ ।

जिल्लामा हाल दुई सय १९ जना सक्रिय संक्रमित रहेका छन । यो संख्या हाम्रो जस्तो थोरै जनसंख्या भएको जिल्लामा धेरै भएकोले जोखिम अझै कायम रहेको पनि वैठकले ठहर गरेको छ ।

अन्नपूर्ण गापाको भुरुङ्ग, पाउद्धार, राम्चे समेतका वस्तीमा कोरोनाको लक्षण मिल्ने रोगका विरामी बढेपनि हालसम्म कुनै परिक्षण नभएको भन्ने गुनासा आएको डिसिएमसीको वैठकामा सदस्यहरुले उठाएका थिए ।

डिसिएमसीको निर्णय अनुसार हप्ताको दुई दिन आईतवार र बुधवार विहान १०–२ बजेसम्म बैंक, सहकारीहरु खुल्ने, खाद्यान्न, विउविजन, तरकारी, फलफुल, निर्माण सामाग्रीका पसल विहान ५ बजेदेखी १० बजेसम्म खुल्ला रहने र निर्माण सामाग्री सवै समय ढुवानी गर्न मिल्ने निर्णय यथावत राखेको छ ।
‘कोरोना संक्रमणको तिव्रतामा निषेधज्ञाले चेनव्रेक गरेको ठहर गर्दै अझै प्रभावकारी नियन्त्रणकालागी यो साता स्थानीय तहले सवै वडा र वस्तीमा एन्टीजिन तथा पिसिआर विधीबाट धेरै ब्यक्तिको नमुना संकलनको अभियान नै संञ्चालन गरी परिक्षण गर्ने र वास्तविक कोरोना संक्रमितको तथ्य पत्ता लगाउने गरी थप एक साता निषेधज्ञालाई निरन्तरता दिने निर्णय भएको छ’ प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने, ‘वैंकवित्तिय क्षेत्र र अत्यावश्यक सेवाको क्षेत्रमा समययावतीमा केही खुकुलो भएको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल