- Loading...
गलत समाचार दिनेप्रति काउन्सिल कडारूपमा प्रस्तुत हुन्छ : अध्यक्ष बस्नेत
- पुनहिल डट कम
- ३ साल अघि
- १४० पटक पढिएको

प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिताको उल्लङ्घन गरी गलत ढङ्गबाट बनावटी समाचार बनाएर भ्रम छर्ने जुनसुकै मिडियाप्रति कडारूपमा प्रस्तुत हुने बताएका छन् ।
सञ्चारग्रामस्थित काउन्सिलमा आज सपथग्रहण र पदबहाली गर्दै उहाँले राज्यका उच्च ओहोदामा भएका व्यक्तिलाई जथाभावी गालीगलौज गर्नेलाई पनि कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे । केही बेथितिका कारणले पत्रकार र गैरपत्रकार छुट्याउन गाह्रो भैरहेको तथा अनलाइनका नाममा खुलेका कतिपय पोर्टलहरूले विकृति फैलाएको भन्दै उनले अब अनुगमन कडाइका साथ गर्ने उल्लेख गरे।
उनले मुलुकमा बढ्दै गएको छाडा पत्रकारिताको अन्त्य गर्नु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे । सञ्चारमाध्यम र सञ्चारकर्मीको सङ्ख्या बढ्नु खुशीको कुरा भएको सुनाउँदै उनले पत्रकारले जिम्मेवार र मर्यादित भएर काम गर्नु अहिलेको आवश्यकता भएको बताए ।
“काउन्सिल राम्रो संस्था हो भन्ने आभास दिलाउने गरी काम गर्छु”, अध्यक्ष बस्नेतले भने, “आफूले काम नगरी अरुलाई दोष दिने प्रवृत्ति हावी छ, यसलाई कम गर्न मेरो प्रयास रहन्छ ।” पत्रकारितामा विकृति विसङ्गति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई हटाउन जरुरी रहेको उनको भनाइ थियो ।
“पत्रकारितालाई बदनाम गराउने व्यक्तिहरुका कारण सक्रिय पत्रकार आजित छन्”, उनले भने, “पछिल्लो समय वास्तविक पत्रकारलाई काम गर्न मुस्किल भएको छ, अब काउन्सिल यसमा गम्भीर भएर लाग्छ ।” केहीले अनलाइन र युट्युवका नाममा समग्र पत्रकारितालाई नै बदनाम गर्ने काम गरिएको भन्दै अध्यक्ष बस्नेतले काउन्सिलले त्यस्ता व्यक्ति र संस्थामाथि निगरानी गर्ने स्पष्ट गरे । कसले कहाँबाट के कसरी अनलाइन र युट्युव सञ्चालन गरिरहेका छन् ? कुनै अत्तोपत्तो नै नभएको सुनाउँदै उनले ती सबैलाई वैधानिक र मर्यादितरुपमा सञ्चालन गराउन काउन्सिलले कदम चाल्ने बताए ।
लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन तथा राज्यबाट बढीभन्दा बढी सुविधा दिलाउन काउन्सिलले पहल गर्ने अध्यक्ष बस्नेतले उल्लेख गरे । पछिल्लो समय सञ्चारकर्मीको ध्यान सधैँ नकारात्मक समाचारमा बढी ध्यान केन्द्रित हुने गरेको प्रति चिन्ता व्यक्त गर्दै उनले भने, “आचारसंहितालाई लत्याउँदै समाजमा अफवाह फैलाउने कार्य बन्द गर्नुपर्छ, काउन्सिल यसमा गम्भीर छ, अटेर गर्नेलाई ऐन अनुसार दण्डको भागिदार बनाउँछौँ”
उनलाई शुक्रबार तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्षमा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । बस्नेत प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ उपदफा १(क) बमोजिम चार वर्षका लागि नियुक्त भएका हुन् । विसं २०५२ सालमा ‘छलफल’ साप्ताहिकबाट पत्रकारिता आरम्भ गरेका बस्नेतले २०५७ सालमा ‘कान्तिपुर दैनिक’मा आवद्ध भइ सो संस्थाको जिल्ला ब्युरो प्रमुख भइ काम गरेका थिए । पछिल्लो समय उनी नेपाल टेलिभिजनको सञ्चालक समितिको सदस्य तथा ‘खुला नेपाल’ अनलाइनको सल्लाहकार सम्पादकको भूमिकामा रहेका थिए । बस्नेतले आमसञ्चार र राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानूनमा स्नातक तह उत्तिर्ण गरेका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
