FLASH NEWS
  • Loading...

प्रकाश सपूत र मेलिनाको ‘प्रार्थना’

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०६ पटक पढिएको
प्रकाश सपूत र मेलिनाको ‘प्रार्थना’

गायक प्रकाश सपूतले नयाँ गीत सार्वजनिक गरेका छन् । मेलिना राईसँगको युगल गायनमा प्रकाशले ‘प्रार्थना’ शीर्षकको गीत सार्वजनिक गरेका हुन् । अशोक शेरचनको शब्द रहेको गीत प्रकाशकै संगीत र योगेश काजीको संगीत संयोजनमा तयार भएको हो ।

गीत निषेधाज्ञाकै समयमा उच्च सुरक्षा सावधानी अपनाएर रेकर्डिङ तथा छायांकन गरिएको प्रकाशले बताएका छन् । यो गीतको भिडियो समेत तयार भएको छ । प्रवेश पौडेलको निर्देशनमा तयार भिडियोमा गायक प्रकाश सपूत, गायिका मेलिना राई लगायतको अभिनय छ ।

गीत कोरोना महामारीसँग सम्बन्धित छ । कोरोनाका कारण कसैले ज्यान गुमाउनु नपरोस्, मृत्युका खबरहरु पढ्न नपरोस्, कसैलाई समवेदना लेख्न नपरोस् भन्दै गीतमार्फत प्रार्थना गरिएको छ । प्रकाश सांगीतिक शुभेच्छा स्वरुप यो गीत सार्वजनिक गरेको बताउँछन् । त्यस्तै उनले यसलाई एउटा गीत भन्दापनि मनैदेखि गरिएको शुभमंगलको कामना भएको बताए ।

गायक प्रकाशले केही हप्ता अगाडि ‘मेरो पनि होइन र यो देश ?’ बोलको गीत सार्वजनिक गरेका थिए । जसले श्रोता एवं दर्शकको राम्रो प्रतिक्रिया पाएको थियो ।