FLASH NEWS
  • Loading...

बेनी नगरका जनप्रतिनिधी र कर्मचारीले गरे बेनी अस्पताललाई अक्सिजन कन्सन्टेटर सहयोग

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७९ पटक पढिएको
बेनी नगरका जनप्रतिनिधी र कर्मचारीले गरे बेनी अस्पताललाई अक्सिजन कन्सन्टेटर सहयोग

बेनी नगरपालिकाका जनप्रतिनधी र कर्मचारीले वैशाख महिनाको आधा पारिश्रमिकबाट बेनी अस्पताललाई अक्सिजन कनटन्टेटर सहयोग गरेका छन ।
जनप्रतिनिधी र कर्मचारीको आधा महिनाको पारिश्रमिकबाट ४ लाख ८० हजार खर्चेर प्रतिमिनेट ५ लिटर अक्सिजन उत्पादन क्षमताका ६ थान अक्सजन कनसन्टेटर बेनी अस्पतालको आईसोलेसनमा सहयोग गरेका हुन ।
बेनी नगरपालिकाका जनप्रतिनिधीले बैशाख महिनाको आधा महिनाको पारिश्रमिक वापतको ४ लाख र सो कार्यालयमा कार्यरत कर्मचारीले स्वच्छिक सहयोगबाट ४ लाख गरी ८ लाख सहयोग जुटेको थियो । अक्सिजन कन्सन्टेटर खरिद गरी बचेको रकम पनि कोरोना संकट ब्यवस्थापन, आईसोलेसन र अन्य स्वास्थ्य सामाग्रीमा खर्च गर्ने नगरपालिकाले जनाएको छ ।
‘कोरोना संकट ब्यवस्थापन गर्न स्वास्थ्य सामाग्री, आईसोलेसन तथा अक्सिजन ब्यवस्थापनमा खर्च गर्ने गरी संकलित रकमबाट पहिलो प्याकेजमा कन्सन्टेटर सहयोग गरेका हौं’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘राज्यको भरले मात्र कोभिड नियन्त्रण हुँदैन । हामी जनप्रतिनिधी र कर्मचारीले पनि आर्थिक ब्ययमा योगदान आवश्यक छ ।’