FLASH NEWS
  • Loading...

तथ्याङ्कमा म्याग्दीको कोरोना संक्रमण

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४० पटक पढिएको
तथ्याङ्कमा म्याग्दीको कोरोना संक्रमण

भौगोलिक रुपमा सवैभन्दा सानो बेनी नरपालिकामा सवै भन्दाबढी ९ सय ५ जना संक्रमित मध्य ८९ जना सक्रिय संक्रमित र सवै भन्दा ठूलो धवलागिरी गाउँपालिकामा सवैभन्दा थोरै १ सय ६ जना संक्रमित मध्य ७ जना मात्र सक्रिय संक्रमित छन ।
त्यसैगरी स्वास्थ्य कार्यालयको तथ्याड्ढ अनुसार रघुगंगा गापामा ३ सय ७२ जना संक्रमित रहेकोमा हाल ६५ जना सक्रिय संक्रमित उपचाररत छन । अन्नपूर्ण गापामा २ सय ६१ संक्रमितमध्य ३६ जना सक्रिय संक्रमित उपचाररत छन । त्यस्तै मंगला गापामा १ सय ८६ संक्रमितमध्य २८ जना सक्रिय संक्रमित रहेका छन । मालिका गापामा १ सय ३० जना संक्रमितमध्य ८ जना सक्रिय संक्रमित रहेका छन ।
स्वास्थ्य कार्यालय म्याग्दीले शनिवार सार्वजनिक गरेको तथ्याड्ढ अनुसार बेनी नगरपालिकाको वडा नं १ रत्नेचौरु, २ ज्यामरुककोट, ४ सिङ्गा, ६ अथुङ्गे/छापा, ७ र ८ बेनी र ९ घतान कोरोना संक्रमणको जोखिममा रहेका छन ।
त्यसैगरी अन्नपूर्ण गापाका वडा नं २ भुरुङतातोपानी, ३ दाना, ४ नारच्याङ, ६ घार कोरोना संक्रमणको जोखिम वस्ती हुन । रघुगंगा गापाको वडा नं १ बेग, २ भगवती, ५ झिं, ६ पाखापानी र ८ कुईनेमंगले तथा मंगला गापाको ३ र ४ बरंजा कोरोना संक्रमणको जोखिममा रहेका वस्ती हुन ।

म्याग्दीमा शनिवारसम्म कोरोना संक्रमितको संख्या २ हजार ९३ जना पुगेको छ । संक्रमितमध्य १८ सय ३५ जनाले कोरोना जितेका छन । बाँकी २ सय ३३ सक्रिय संक्रमितमध्य २२ ले कोरोना अस्पतालमा उपचार गरिरहेका छन । २ सय ११ जना घरमै आईसोलेनमा रहेका छन ।

त्यसैगरी म्याग्दीमा ०७७ चैत मसान्तसम्म जम्मा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएकोमा पछिल्लो ५० दिनमा ३३ जना म्याग्दीवासीको संक्रमणबाट मृत्यु पुष्टी भएको छ ।