FLASH NEWS
  • Loading...

संवैधानिक इजलास गठन, यी हुन् न्यायाधीशहरु

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७७ पटक पढिएको
संवैधानिक इजलास गठन, यी हुन् न्यायाधीशहरु

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले नयाँ संवैधानिक इजलास गठन गरेका छन् । प्रतिनिधि सभा विघटनका विषयमा परेका रिटहरुमाथि सुनुवाइका लागि यो इजलास गठन गरिएको हो । यसअघि गठित इजलास विवादित भएपछि दुई न्यायाधीशले इजलासमा नबस्ने घोषणा गरेका कारण अघिल्लो इजलास स्थगित भएको थियो ।

प्रधानन्यायाधीशले अहिले वरिष्ठताका आधारमा न्यायाधीशहरु छनोट गरी संवैधानिक इजलास गठन गरेका हुन्। यसअघि प्रधानन्यायाधीश र सर्वोच्च अदालत बार एसोसिएसनबीच बरिष्ठताका आधारमा न्यायाधीश छनोट गर्ने सहमति भएको थियो । शुक्रबार प्रधानन्यायाधीश जबराको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।