- Loading...
भर्चुअल माध्यमबाट ७१औँ अन्नपूर्ण आरोहण दिवस
- पुनहिल डट कम
- ३ साल अघि
- १६३ पटक पढिएको

७१औँ अन्नपूर्ण आरोहण दिवस भर्चुअल माध्यमद्वारा सम्पन्न भएको छ । भर्चूअल माध्यममार्फत नेपाल पर्वतारोहण संघ केन्द्रिय कार्यसमिति र गण्डकी प्रदेश कार्यसमितिले संयूक्तरुपमा ‘पेन्डामिक इम्प्याक्ट अन माउन्ट अन्नपूर्ण’ बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थिए ।
सन् १९५० को जुन महिनाका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरेको दिन आज(बिहीबार) संघले आरोहण दिवसको रुपमा मनाउँदै आएको छ ।
कोरोना संक्रमणका कारण भर्चूअल माध्यमबाट सांकेतिक रुपमा आयोजना गरिएको सो अन्तरक्रिया कार्यक्रममा नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्कोइस जेभियर लेगरले अहिलेको माहामारीबाट पीडित बनेको नेपालको पर्वतीय पर्यटन क्षेत्रले चाँडै नै पुनःपहिलेकै अवस्थामा पुग्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङले नेपालको पर्वतीय पर्यटनको इतिहासको शुरुवात अन्नपूर्ण हिमाल आरोहणबाट भएकोले यसलाई कसैले पनि भूल्न नहुने बताए ।
अहिलेको माहामारीबाट पर्वतीय पर्यटनका क्षेत्रमा परेको असरलाई कम गरी पूनरुत्थानका कार्यक्रमहरु ल्याउनतर्फ सबैले ध्यान दिनु पर्ने भन्दै उनले अन्नपूर्ण हिमालको अझै पनि ब्यापकरुपमा प्रचार प्रसार गर्न नसकिएको गुनासो गरे ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवर र अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष क्याप्टेन दाम पुनले अन्नपूर्ण हिमालको प्रचार–प्रसार र हिमाल आरोहण गर्न जाने मार्गहरु व्यवस्थित गर्ने कार्यमा सबैको सहयोगको खाँचो भएको बताए । साथै, उनीहरुले गाउँपालिकाहरुबाट सो क्षेत्रमा भइरहेका प्रयासहरुका सम्बन्धमा प्रकास पारेका थिए ।
कार्यक्रममा यस वर्षको बसन्त ऋतुमा सफलतापूर्वक अन्नपूर्ण हिमालको आरोहण गरी फर्किएका ६ जना महिला आरोहीहरुको तर्फबाट आरोही शर्मिला स्याङतान तामाङले अनुभवहरु सुनाएकी थिइन् । सो क्रममा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालहरुको आरोहण गर्ने लक्ष्य आफूले लिएर चढेको बताउँदै उनले अत्यन्तै अप्ठ्यारो भएपनि अन्नपूर्ण हिमालको सफल आरोहण गरेको सुनाइन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
