FLASH NEWS
  • Loading...

कोरोना संक्रमितले खानैपर्छ यस्ता झोलिलो कुरा

  • पुनहिल डट कम
  • २ साल अघि
  • १९७ पटक पढिएको
कोरोना संक्रमितले खानैपर्छ यस्ता झोलिलो कुरा

भाइरसको संक्रमणबाट जोगिन जीवनशैली र खानपानमा परिवर्तन गर्नु आवश्यक छ । संक्रमण भएकालाई बाहिरका खाने कुरा खुवाउनु भन्दा घरमै भएका खाना खुवाउनु राम्रो हुन्छ । संक्रमित वा संक्रमण मुक्त भइसकेपछि एकदमै कमजोर अनुभव हुन्छ । त्यसकारण संक्रमितले प्रशस्त मात्रमा पानी पिउने, झोलिलो र पोषणयुक्त खाना खानुपर्छ । संक्रमितले के–के खाने कुराको झोल खानु उपयुक्त हुन्छ ? भन्नेबारे जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीको सुझाव यस्तो छः

– घरमै बनाइने सबै किसिमको दालको झोल खाने ।

– क्वाटी वा टुसा उमारिएको गेडागुडीको झोल खाने ।

– विभिन्न किसिमको तरकारीहरुको झोल ।

– चना, पर्बल र आलुको तरकारीको झोल

– माछा र मासुको झोलिलो बनाएर खान सक्नुहुन्छ ।

– भटमास भिजाएर यसको रस बनाएर खान सक्नुहुन्छ ।

– यस्तो समयमा शरीरलाई प्रोटीनको एकदमै आवश्यक पर्ने भएकाले प्रोटीनयुक्त खाना खाने ।

– संक्रमित भएकालाई एकैपटक खान मन नलाग्ने भएकाले दिनभरी झोल पदार्थहरु थोरै–थोरै गरी खाई रहनु पर्दछ ।

– यस्तो समयमा दूध राम्रो हुन्छ । तर दूध नपच्नेलाई र गर्मी भएकोले दही र मोही खुवाउनु पर्छ ।

– शरीरलाई प्रोटीन चाहिने भएकोले रोटी, दाल र भातमा जुन खानेकुरा मन पर्छ त्यही खानुपर्छ ।

– यसका साथसाथै घरको भान्सामा पाइने सबै खान खानु राम्रो हुन्छ ।