FLASH NEWS
  • Loading...

म्याग्दीमा फेरी बढ्यो कोरोना संक्रमण

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९५ पटक पढिएको
म्याग्दीमा फेरी बढ्यो कोरोना संक्रमण

म्याग्दीमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बुधवार मात्र म्याग्दीमा पिसिआर तथा एन्टीजिन परिक्षणबाट ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्यकर्मी तथा जिल्लाबासीलाई नै तर्साउनेगरी जिल्लामा बढेको कोरोना संक्रमितको संख्या स्वात्तै घटेपछि जिल्ला कोरोना संकट ब्यवस्थापन समितिले जारी निषेधज्ञा खुकुलो बनाउँदै लगिरहेको वेला कोरोना संक्रमितको संख्या भने बढ्न थालेको तथ्याङ्कले देखाएको छ ।
स्वास्थ्य कार्यालय म्याग्दीले जारी गर्ने दैनिक कोरोना अध्यावधी बुलेटिन अनुसार कोरोना संक्रमितको संख्या बढ्दै गएको आँकडा देखाएका छ । स्वास्थ्य कार्यालयले जेठ १४ गते जारी गरेको वुलेटिमा जिल्लाभर ११ जनामा कोरोना संक्रमण देखिएकोमा १५ गते संक्रमितको संख्या बढेर २३ पुगेको छ ।
त्यस्तै १६ गते संक्रमितको संख्या बढेर १५ जना, १७ गते २४ जना, १८ गते ३१ जना र आज १९ गते वुधवार संक्रमितको संख्या निरन्तर उकालो लागेर ३४ पुगेको छ ।

तथ्याङ्कले बेनी नगरपालिकापछि अन्नपूर्ण गाउँपालिकामा तुलनात्मक बढी संक्रमण फैलिएको देखाएको छ ।
त्यसैगरी स्वास्थ्य कार्यालयको दैनिक वुलेटिनमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दा कोरोना निको भएर आईसोलेसन मुक्त हुनेको संख्या भने दैनिक घट्दै गएको देखिन्छ । तथ्याङ्कमा जेठ १५ गते १८८ जनाले कोरोनालाई जितेका थिए । १६ गते ७२ जनाले, १७ गते ५८ जनाले, १८ गते २२ जनाले र १९ गते २८ जनाले मात्र कोरोनालाई जितेर आईसोलेसन मुक्त भएका छन ।
त्यसैगरी कोरोना संक्रमित भै हालसम्म जिल्लामा कम्तीमा ४१ जनाको ज्यान गएको छ ।