FLASH NEWS
  • Loading...

मालिकाको बजेट ५० करोड ४३ लाख

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९७ पटक पढिएको
मालिकाको बजेट ५० करोड ४३ लाख

म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८\७९ का लागि पचास करोड ४३ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बिहिबार भएको नवौ गाउँसभामा उपाध्यक्ष खरमाया बिटालुले चालुतर्फ सात करोड ८१ लख, पुजिगत तर्फ १३ करोड ४ लाख र शसर्त अनुदान तर्फ १९ करोड २७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन ।

अध्यक्ष श्रीप्रसाद रोकाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम, उपाध्यक्ष बिटालुले प्रस्तुत गरेको बजेट, आर्थिक र बिनियोजन बिधेयक सभाले पारित गरेको छ । बजेटले सडक, सिचाई, भवन, खानेपानी, बिपद् ब्यवस्थापन, शिक्षा, स्वास्थ्य, लघुउद्यम, पर्यटन, नदी नियन्त्रण, युवा रोजगार, कृषि र पशुपालनलाई प्राथमिकता दिएको उपाध्यक्ष विटालुले बताईन ।

मालिका गापाको बजेटमा दरबाङ बजार संरक्षणमा एक करोड सहित विपद् ब्यवस्थापन शिर्षकमा सबैभन्दा बढी तीन करोड १२ लाख ३३ हजार, सडकमा एक करोड ८५ लाख, साझेदारीमा सञ्चालन हुने कार्यक्रमलाई दुई करोड ५० लाख, भवनमा २३ लाख ९० हजार, शिक्षामा एक करोड ९ लाख ९० हजार, स्वास्थ्यमा पचास लाख, खानेपानीमा ४७ लाख ९९ हजार, खेलमैदानलाई २२ लाख ५० हजार, कृषिलाई ४८ लाख ३२ हजार, पर्यटनलाई ३५ लाख, लघुउद्यमलाई ३८ हजार बिनियोजन गरेको छ ।

दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न र ओखरबोटमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न लागेको मालिकाले स्वास्थ्य क्षेत्रमा ५ लाख २ हजार बजेट बिनियोजन गरेको छ । गाउँपालिकाको केन्द्र देखि सबै वडाका केन्द्र जोड्ने सडकमा बाह्ै महिना सवारी साधन सञ्चालन गर्न यसअघि मार्ग खोलिएका सडकको स्तरोन्नितिमा प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले बताए ।

Malika gapa 2078,079 Niti 

मालिका वजेट २०७७.७८