FLASH NEWS
  • Loading...

शिक्षक भक्ता कार्कीको हत्या अशंका, एक युवा कुस्माबाट पक्राउ

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३२ पटक पढिएको
शिक्षक भक्ता कार्कीको हत्या अशंका, एक युवा कुस्माबाट पक्राउ

बेनी नगरपालिका, ५ बगुवाखोला स्थित वालजागृती आधारभुत विद्यालयका आईतवार विहानदेखी वेपत्ता शिक्षक भक्त कार्कीको हत्याको आशंका गरिएको छ ।
प्रहरीले वेपत्ता शिक्षकको हत्या आशंकामा पर्वतको कुस्मा पुगेका स्थानीय (बेनी नगरपालिका, ५ चुत्रेनीका) एक युवालाई नियन्त्रणमा लिएको छ । छुट्टै विद्यालयमा कार्यरत दुई कर्मचारीसँग पनि सोधपुछ जारी रहेको जनाएको छ । तर प्रहरीले पक्राउ परेका कसैको पनि नाम खुलाएको छैन ।
‘घट्ना अनुसन्धानक्रममा रहेकोले वेपत्ता वा हत्या यसै भन्न मिलेन । घट्नास्थलका प्रकृति हेर्दा कर्तब्य गरेको जस्तो देखिन्छ’ जिल्ला प्रहरी प्रमुख प्रहरीनायव उपरिक्षक श्याम राईले भने, ‘केही व्यक्तिलाई लिएर सोधपुछ गरिरहेका छौं । हिंड्दै पर्वतको कुस्मा पुगेका अर्का एक युवालाई पनि पक्राउ गरेका छौं । सोधपुछ गरिसकेका छैनौं ।’
स्थानीयले सोमबार विहानै विद्यालय नजकै बेनी–दरवाङ सडकदेखी करिव १० मिटर तल म्याग्दी खोला बगरमा रगत, कार्कीले लगाउने हाफ ज्याकेट, चप्पल र मोवाईल फेला परेको छ । आईतवार विहान ८ बजे घरबाट विद्यालय जान निक्लेका कार्की रातीसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खवरगरी खोज्ने काम थालेका थिए ।
वेपत्ता शिक्षक खोज्न शसस्त्र र जनपद प्रहरीसमेत स्थानीयले डोजर लगाई म्याग्दी नदीको धारपरिवर्तन गरी वेपत्ता शिक्षक कार्कीलाई खोज्ने काम भैरहेको पनि प्रहरीले जनाएको छ ।