FLASH NEWS
  • Loading...

रेमिटेन्सको महंगो मुल्य : लकडाउनमा पनि घटेन शव राखेको वाकस आउने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८९ पटक पढिएको
रेमिटेन्सको महंगो मुल्य : लकडाउनमा पनि घटेन शव राखेको वाकस आउने

धन कमाउन कतार, साउदी, कुवेत र मलेशिया पुगेका मल्कवाङका भक्तबहादुर र रव बहादुर छन्त्याल, पुलाचौरका मंगले दर्जी, पिप्लेका भीम भण्डारी र मुनाका थमबहादुर मल्ल सवै काठको बाकसमा फर्के । अर्थात उनीहरुको रोजगारीको शिलशिलामा कार्यस्थलमै मृत्यु भयो ।
भक्त, मंगले, भीम र थमबहादुर मल्ल मात्र होईन ०७७ साल भरमा ८ जना जिल्लाबासीको प्रवासमा मृत्यु भएको छ । परराष्ट्र मन्त्रालय मार्फत जिल्ला प्रशासन कार्यालयमा पठाईएको विवरणमा सवै जनाको कोठामा सुतेको सुतै भएको अवस्थामा मृत्यु भएको भनिएको छ ।
कोरोना कहरले रोजगारदाता देश कतार, साउदी, कुवेत र मलेशिया समेत विश्वभरका अधिकांश देशमा लकडाउन गरिएको र घुमफिरमा कडाई गरिएकोले सडक दुर्घटनाबाट हुने मृत्यु संख्या भने घटेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) म्याग्दीको अभिलेख अनुसार खाडी मुलुकमा मात्र महिनामा एक जना म्याग्देलीको विदेशमा मृत्यु भै बाकसमा शव आउने गरेको छ ।
प्रशासनको रेकर्ड अनुसार ०७७ भदौ–पुस सम्म ८ जनाको कार्यस्थलमा दुर्घटना/सुतेकै अवस्थामा मृत्यु भएको भन्दै करिव ६० लाख क्षतिपुर्तीको रकम परराष्ट्र मन्त्रालय मार्फत आएको छ । प्रशासनले विदेशमा मृत्यु भएका मजदुरका परिवारलाई चालु वर्ष ४९ लाख १९ हजार ६ सय ५७ रुपैयाँ मृतकका आफन्तलाई बुझाएको छ । लकडाउन/निषेधज्ञाको कारण थप ८ लाख ६८ हजार ६ सय ६७ रुपैयाँ पीडित परिवारलाई बुझाउन नसकेको प्रशासनले जनाएको छ ।
‘परराष्ट्र मन्त्रालय मार्फत मृतक कार्यरत कम्पनीमा बाँकी रहेको तलव र अन्य सुविधा मात्र प्रशासनमा अभिलेख रहन्छ । विमा रकम र कम्पनीबाट कुनै रकम नपाउने ब्यक्तिको अभिलेख हुँदैन’ जिल्ला प्रशासन कार्यालयका लेखापाल विजयकुमार रामले भने, ‘कम्पनीमा रयलपयल रकम आउने हो । कसैकसैको अलि ठूलो परिणामा क्षतिपूर्ति आउँछ । धेरैका परिवारलाई हामीले खोजेर क्षतिपूर्ति रकम दिने गरेका छौं ।’