FLASH NEWS
  • Loading...

रघुगंगाको बजेट ५३ करोड, प्राथमिकतामा शिक्षा,पूर्वाधार र स्वास्थ्य

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२१ पटक पढिएको
रघुगंगाको बजेट ५३ करोड, प्राथमिकतामा शिक्षा,पूर्वाधार र स्वास्थ्य

म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित दशौँ गाउँसभामारघुगंगा आगामी आर्थिक बर्षको लागि कुल ५३ करोड १९ लाख ९ हजार बराबरको बजेट स्विकृत गरेका छ ।

सभाले अध्यक्ष भबबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष कमला तिलिजाले प्रस्तुत  बजेट सामान्य छलफलपछि सर्वसम्मत रुपमा पारित भएको हो ।

बजेटमा चालुतर्फ ३० करोड ४३ लाख, पुँजीगत बजेटमा १४ करोड ७५ लाख बजेट विनियोजन भएको छ । चालुतर्फको कुल बजेटबाट सामाजिक सुरक्षा भत्तामा ८ करोड १० लाख बजेट प्रस्ताब गरिएको छ । त्यसैगरि प्रशासनिक बजेटतर्फ रु ७ करोड २० लाख बजेट विनियोजन गरिएको छ ।

समानिकरण अनुदानतर्फ ८ करोड ३४ लाख, राजश्व बाँडफाटमा ७ करोड ३१ लाख, विशेष अनुदानमा रु २ करोड २८ लाख, सशर्त अनुदानमा रु २० करोड २४ लाख, सम्पुरक अनुदानमा रु ४६ लाख, प्रदेश सरकारबाट समानिकरणतर्फ रु ८९ लाख ७१ हजार, सशर्त अनुदानमा ५० लाख, सम्पुरक अनुदानमा रु ५० लाख, राजश्व बाँडफाँटबाट ५५ लाख बजेट प्राप्त हुनेछ ।

त्यसैगरि गाउँपालिकाले शिक्षा क्षेत्रमा १४ करोड ७५ लाख , पूर्वाधार निर्माणको क्षेत्रमा ९ करोड ६७ लाख, स्वास्थ्य क्षेत्रमा ७ करोड, कृषि, पर्यटन, सहकारी क्षेत्रमा रु २ करोड, प्रशासकिय भवन निर्माणका लागि रु १ करोड ५० लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले बताए ।  नीति तथा कार्यक्रम र बजेटमा सुकुम्बासी समस्या समाधान, युवा र महिला शसक्तिकरण, सुत्केरी महिला उपहार कार्यक्रम, शिपमुलक तालिम, विद्यालय सुदृढिकरण लगायतका कार्यक्रमहरुलाई प्राथमिकता दिईएको छ ।