FLASH NEWS
  • Loading...

मंगलाको बजेट ४२ करोड

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८६ पटक पढिएको
मंगलाको बजेट ४२ करोड

मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम र कुल ४२ करोड १८ लाख २५ हजार बराबरको बजेट गाउँसभाबाट पारित गरेको छ ।

गाउँपालिकाको एघारौँ गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष सिर्जना केसीलेले प्रस्तुत गरेको बजेट सर्वसम्मत पारित भएको हो । बजेटमा चालुतर्फ २१ करोड ५१ लाख, ९९ हजार र पुँजीगत बजेटमा २० करोड ६६ लाख २६ हजार विनियोजन भएको छ ।

बजेटमा संघीय वित्तिय समानिकरण अनुदानतर्फ ८ करोड ४७ लाख, पुजीगत सम्पुरक अनुदान रु १ करोड ३९ लाख, विशेष अनुदान रु ९१ लख, संघीय विभाज्य कोषबाट पाप्त हुने राजश्व बाँडफाँडको रु ६ करोड ३ लाख २५ हजार, सशर्त अनुदान रु १९ करोड ७९ लाख बजेट स्रोत मानिएको छ ।

त्यसैगरि प्रदेशबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान रु ९१ लख, प्रदेश राजश्व बाँडफाँडबाट रु ४३ लाख, प्रदेश सम्पुरक अनुदान रु १ करोड, आन्तरिक राजश्वबाट रु ७५ लाख र अनुमानित नगद मौज्दात रु २ करोड ५० लाख रकमलाई समेत बजेटमा समावेश गरिएको छ ।