FLASH NEWS
  • Loading...

बेनीमा ६ दिनदेखी खानेपानी आपुर्ती वन्द, कहिले आउला धारामा पानी ?

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९० पटक पढिएको
बेनीमा ६ दिनदेखी खानेपानी आपुर्ती वन्द, कहिले आउला धारामा पानी ?

लगातारको झरीपछिको बाढीपहिरोले सदरमुकाम बेनीमा वितरण गरिएको खानेपानीको मुहान र मुख्य पाईप लाईनमा क्षति पुऱ्याएपछि खानेपानीको समस्या भएको छ ।
पहिरोले दर्जनबढी स्थानमा पाईपलाईन फुटालेकोले मर्मत गर्न समस्या भएको र रातदिन लगाएर मर्मत भैरहेको बेनी खानेपानी उपभोक्ता समितिले जनाएको छ ।
बेनीमा खानेपानी ल्याएको पुम्दीखोला मुहानमा सोमबार पुम्दीखोलाको बाढी पसेर मुहान पुरेको र ८ किलोमिटर लामो मुख्य जिआई पाईप लाईनको गलेश्वर खण्डमामाथीबाट झरेको ढुङ्गाले क्षति पुऱ्याएपछि चार दिनदेखी खानेपानी अवरुद्ध भएको हो ।
‘पुम्दीखोला मुहानको ठूलो पाईप लाईन मर्मत भैरहेको छ । बाटैभरी पहिरोले पाईप पुरेको छ । मुहान सफागरी पानी पठायो, फुटेको ठाउँ मर्मत गऱ्यो फेरी अर्को स्थानमा फुट्छ हैरान भएको छ’ बेनी खानेपानी उपभोक्ता संस्थाको अध्यक्ष माधव रेग्मीले भने, ‘शनिवार रातीसम्म ट्याङ्कीमा पानी खस्ने छ । अहिले कालीपुल वस पार्क क्षेत्रमा मर्मत भैरहेको छ । राती कुनै समस्या नआए आईतवार विहानसम्म सवैको घरमा पानी पुग्ने छ ।’