FLASH NEWS
  • Loading...

पूर्णगाउँ जाने जीप दुर्घटनामा दुई जनाको मृत्यु, ६ जना घाईते

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९९ पटक पढिएको
पूर्णगाउँ जाने जीप दुर्घटनामा दुई जनाको मृत्यु, ६ जना घाईते

निषेधज्ञाको समयमै सदरमुकाम बेनीबाट यात्रुबाहक जीप दुर्घनाग्रस्त हुँदा सवार २ यात्रुको घट्नास्थलमै मृत्यु भएको छ । अन्य ६ यात्रु घाईते भएका छन ।
दुर्घटनामापरि मंगला गापा, १ की १९ बर्षिया सविना भण्डारी र  १३ बर्षिय विमल विकको मृत्यु भएको छ ।
घाईतेहरुको बेनी अस्पतालमा उपचार भैरहेको छ । बेनी अस्पतालका अनुसार दुर्घटनामा परी घाईते हुनेमा मंगला गापा, १ पूर्णगाउँका सुदन आचार्य (२५), एन्जला भण्डारी (२६), अनिल रसाईली (१९), अदिना नेपाली (८), गिता खत्री (३५), र अस्मिता राम्जाली(३६) रहेका छन । घाईतेहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
प्रहरीका अनुसार बेनीबाट मंगला गाउँपालिका, १ पूर्णगाउँ तर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जीप बुधवार राती करिव ८.२० बजे मंगला गाउँपालिकाको, २ नेवारेखोलामा दुर्घटना भएको हो । घट्ना स्थलमा प्रहरी भर्खर पुगेको र थप विवरण आउन बाँकी छ ।