FLASH NEWS
  • Loading...

धवलागिरी गाउँपालिकाको ४८ करोड चालीस लाखको बजेट पारित

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२९ पटक पढिएको
धवलागिरी गाउँपालिकाको ४८ करोड चालीस लाखको बजेट पारित

म्याग्दीको धवलागिरी गाउँपालिकाको बुधबार सम्पन्न एघारौं गाउँसभाले आर्थिक वर्ष २०७८/०७९ को लागि ४८ करोड ४० लाख ९९ हजार ८२० रुपैयाँको बजेट पारित गरेको छ ।

उपाध्यक्ष रेशम छन्त्यालले चालु तर्फ ३४ करोड ३६ लाख र पुजिगत तर्फ १३ करोड ८७ लाख रुपैयाँको बजेट प्रस्तुत गरे । संघीय र प्रदेश सरकारको अनुदान, गाउँपालिकाको आन्तरिक स्रोत र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमान गरिएको बजेटलाई आधार मानेर आगामी वर्षको योजना तथा कार्यक्रमका लागि बजेट बाडफाँड गरिएको उपाध्यक्ष छन्त्यालले बताए ।

नीति तथा कार्यक्रममा ढोरपाटन हुदै कर्णाली प्रदेश जोड्ने हिमालयन राजमार्गको परिकल्पना गरिएको छ । ताकममा सुरु भएको पाँच शैया क्षमताको अस्पताल निर्माणलाई पूर्णता दिने, चिकित्सक सहितको अस्पतालको सेवालाई निरन्तरता, वडा कार्यालय र स्वास्थ्य चौकीको भवन निर्माण गर्ने, ताकममा सिटिहल, कुटिचौरमा औद्योगिक ग्राम, कौसिनी–बाँसबोट लामो पुल बनाएर बञ्जिजम्प सञ्चालन गर्ने, मच्छिममा पार्क बनाउने, पर्यटकीय स्थलमा पुर्बाधार निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्वास्थ्यतर्फ मातृ शिशु मृत्युुदर घटाउने, सुनौला हजार दिनका आमासँग अध्यक्ष, कृषिमा हाम्रो टनेल, तपाइको उत्पादन कार्यक्रम चलाउने, घरघरमा धारा जडान गरेर खानेपानी उपलब्ध गराउने, सिचाई सुबिधा बिस्तार र जडिवुटी तथा फलफुल खेतीलाई जोड दिएको छ । कृषि, पर्यटन पुर्बाधार र रोजगार सम्बृद्ध धवलागिरी निर्माणको आधार भन्ने मुल नारा तय गरेको छ । गाउँसभामा पालिका स्थापना भएको चार वर्षमा भएका मुख्य मुख्य उपलब्धीहरुको विवरण सार्वजनिक भएको थियो ।

मुदी, लुलाङ, मराङ लगायत ५ वटा बस्तीमा सडक पुगेको, लुलाङ, नाउरा, बगर, खाम्लामा निजी धारा सहितको खानेपानी योजना कार्यान्वयन भएको, १० किलोमिटर नयाँ ट्याक खोलिएको, ४५ किलोमिटर सडक चौडा पारिएको, ५ किलोमिटरमा ग्यावियन पर्खाल,  १० हेक्टरमा सिचाई, ५४१ घरमा खानेपानी, पाँच किलोमिटर पदमार्ग, दुई वटा सामुदायिक भवन, दुई वटा सांस्कृतिक पुर्बाधार, पाँच वटा झोलुङे पुल, ४ वटा बिद्यालय भवन र १२ वटा बिद्यालयमा अन्य पुर्बाधार निर्माण भएका छन् ।