FLASH NEWS
  • Loading...

एमालेद्धारा धस्केखोरिया र स्वाताका पहिरो प्रभावितलाई राहत

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०१ पटक पढिएको
एमालेद्धारा धस्केखोरिया र स्वाताका पहिरो प्रभावितलाई राहत

असार १ र २ गते भएको भारी वर्षापछि गएको मनसुनजन्य विपत (पहिरो)मा परि घर क्षति पुगेका अन्नपूर्ण गाउँपालिका, ५ धस्केखोरिया र स्वाताका प्रभावितहरुलाई नेकपा एमाले म्याग्दीले खाद्यान्न राहत पुऱ्याएको छ ।
एमाले जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठ, जिल्ला समन्वय इकाई प्रमुख देवेन्द्रबहादुर केसी र एमाले अन्नपूर्ण गापा अध्यक्ष खड्ग गिरीसमेतको टोलीले मंगलवार शिखमा पुगी चामल, नुन, तेल, चिनी, चाउचाउ समेतका राहत गाउँपालिका अध्यक्ष डमबहादुर पुन, कार्यवाहक वडाध्यक्ष मार्फत प्रभावितलाई हस्तान्त्रण गरेका हुन ।
नेकपा एमालले जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठका अनुसार यसै वर्षदेखी जिल्लामा छुट्टै ‘विपतजन्य राहत कोष’ स्थापाना गरी सोही कोषबाट विपतमा परेका जिल्लाबासीलाई राहत वितरण गर्न थालेको हो । कोषबाट धस्केखोरिया र स्वाताका पहिरो प्रभावितलाई पहिलो राहत लगिएको एमालेले जनाएको छ ।