FLASH NEWS
  • Loading...

म्याग्दीमा सोमबार थप २४ जनामा कोरोना पुष्टि

  • पुनहिल डट कम
  • २ साल अघि
  • ६९ पटक पढिएको
म्याग्दीमा सोमबार थप २४ जनामा कोरोना पुष्टि

म्याग्दीमा सोमबार थप २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज पुष्टि भएकामा बेनी नगरपालिकामा ८जना, मालिका गाउँपालिकामा १ जना , रघुगंगा गाउँपालिकामा १ जना ,जलजला गाउँपालिकामा २ जना गरी १२ जनामा पिसिआर बिधिबाट पुष्टि भएको हो ।

 

त्यसैगरि बेनी नगरपालिकामा २ जना, मंगला गाउँपालिकामा २ जना , रघुगंगा गाउँपालिकामा ७ जना ,जलजला गाउँपालिकामा १ जना गरी १२ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १ हजार ९१९ जना पुगेको छ । जिल्लामा २४१जना सक्रिय संक्रमित भएका छन ।

आज ५८ जना संक्रमित निको भएर आइसोलेसन भएकाभएका छन ।। अहिले सम्ममा अब ३२ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ । यसैबिच पछिल्लो २४ घण्टामा म्याग्दीमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मंगला गाउँपालिका–१ का ३९ बर्षीय पुरुषको कोरोना संक्रमणको कारण बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।