- Loading...
मौषममा सुधार आएसँगै बेनी–जोमसोम सडक पहिलो प्याकेजमा धमाधम कालोपत्रे
- पुनहिल डट कम
- ३ साल अघि
- ३०७ पटक पढिएको

गण्डकी प्रदेशको ‘लाईफलाईन’ मानिएको उत्तर–दक्षिण अन्तरदेशिय ब्यापार मार्ग बेनी–जोमसोम सडकको पहिलो प्याकेजमा पनि कालोपत्रे गर्न थालिएको छ ।
बेनी–जोमसोम सडकको म्याग्दी क्षेत्रमा पर्ने सुरु खण्डको गलेश्वर–बेगखोला (कुनौटो) ७ किलोमिटर सडक विडिएसडी प्रविधीको कालोपत्रे गर्न थालिएको ठेकदार कम्पनी ओमकारेस्वर कन्ट्रक्सनले जनाएको छ । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा गरिएको यो पहिलो कालोपत्रे हो ।
‘बेनी–जोमसोम सडकको पहिलो प्याकेजको पनि सुरु खण्डमा कालोपत्रे सुरु गरेका छौं । मौषमले साथ दिए जेठ भित्र कालोपत्रे गरी, मार्किङ समेतका काम सक्छौं’ ठेकदार कम्पनीका संञ्चालक अमृत दहालल भने, ‘एक किमी सडकमा पहिलो कोटको २० डाउन गिटी विच्छाएपछि मौषम विग्रेकोले रोकिएका छौं । मौषममा सुधार भए जेठ भित्र दोस्रो कोटको ७ डाउन गिटी विच्छाउने र सडकमा मार्किङ्ग सक्छौं ।’
०७६ मंसिरमा ७ मिटर पीच सहित ११ मिटर चौडा स्तरमा सम्पन्न भै सक्नु पर्ने बेनी–जोमसोम सकड दुई वर्षपछि वल्न कालोपत्रे सुरु भएको हो । पहिलो प्याकेजको मुख्य ठेकदार शर्मा–युनाईटेड जेभीले निर्धारित समयमा काम गर्न नसकपछि सव कन्ट्याक्टरको रुपमा ओमकारेस्वर कन्ट्रक्सन हेटौडाले पेटी ठेक्का लिएको थियो ।
‘हामी यो सडकको आईपिएस नवौं रनिङ्ग वीलबाट मात्र जोडिएका हौं । लकडाउन र गत मनसुनमा भएको अतिभारी वर्षाले गर्दा काममा केही विलम्ब भएपनि निर्धारित समयमै सडक बुझाउने तर्खरमा छौं’ ओमकारेश्वरका संञ्चालक दहालले भने, ‘हामीले जिम्मा लिएको करिव ९ किमी सडकमध्य राहुघाट जलविुधत आयोजनाको पावरहाउस क्षेत्र र पहिलोग्रस्त क्षेत्रका २ किमी सडकमा ग्राभेल मात्र गर्ने भएकोले ७ किमी मात्र पीच गर्न लागेका हौं ।’
कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाले यो सडकको कामलाई तीव्रता दिन र ठेकदारलाई हौसला दिन कामको वीलका आधारमा भुक्तानी दिनेगरी ब्यवस्था मिलाईएको जनाएको छ ।
सडक आयोजनाले पटक–पटक म्याद थप्ने र कामको आधारमा द्रुत भुक्तानी ब्यवस्था मिलाएको भएपनी पहिलो प्याकेजको मुख्य जोईन्ट ठेकदार युनाईटेड कम्पनीले सन्तोष जनक काम गर्न सकेको छैन । सडक निर्माणमा निषेधज्ञाले यातायात संञ्चालन रोकिनु राम्रो अवसर भएपनि यहाँका निर्माण ब्यवसायीले भने लाभ लिन सकेका छैनन ।
बेनी–जोमसोम ७६ किमीलाई ४ प्याकेज मध्य पहिलो प्याकेज म्याग्दी क्षेत्रको गलेश्वर–तातोपानी, दोस्रो प्याकेज तातोपानी–घाँसा, तेस्रो प्याकेज मुस्ताङको घाँसा–कोवाङ र चौंथो प्याकेज कोवाङ–जोमसोम खण्डमा सडक विस्तार, उन्नत र कालोपत्रे गर्ने कार्यक्रम भैरहेको छ ।
पहिलो र दोस्रो प्याकेजको काम सुस्त छ । यो क्षेत्र बेनी जोमसोम सडक मध्य सवै भन्दा कठिन भीरपहरा भएको र पहिरो जोखिम क्षेत्र पनि हो । यही खण्डमा ठेकदारले अधकल्चो काम गर्दा खेतियोग्य क्षेत्र र वस्ती पहिरोले क्षती पुऱ्याएको छ ।

ns8fpgdf a]gLhf]d;f]d ;8s wdfwd sfnf]kq] M a]gLhf]d;f]d ;8ssf] DofUbL IF]qdf kg]{ ;’? v08sf] un]Zj/a]uvf]nf -s’gf}6f]_ & lsnf]ld6/ ;8s ljl8P;8L k|ljwLsf] sfnf]kq] ul/b} . a]gLhf]d;f]d ;8ssf] DofUbL v08df ul/Psf] of] klxnf] sfnf]kq] xf] . of] ;8ssf] t];|f] Kofs]hdf klg !^ lsdL ;8s sfnf]kq e}/x]sf] 5 . t:jL/ M 3gZofd v8sf÷sflGtk’/
‘बेनी–जोमसोम सडकको पहिलो प्याकेजको सुरु खण्डको ९ किमी सडकमा कालोपत्रे भैरहँदा पनि वल्न ६० प्रतिशत मात्र प्रगति देखिन्छ’ आयोजनाका पहिलो प्याकेज हेर्ने फिल्ड इन्जिनियर आषिश मानन्धरले भने, ‘यो प्याकेजमा वल पूर्वक कामलाई घिसारी रहेका छौं । अर्को वर्षसम्म पीच होला ।’
बेनी–जोमसोम सडकको तेस्रो प्याकेज अन्र्तगत मुस्ताङको कोवाङदेखी तल कैकुखोलासम्मको १६ किमी क्षेत्रमा पनि धमाधम कालोपत्रे भैरहेको छ । जेठसम्म यो खण्डमा कालोपत्रे सकिने निर्माण ब्यवसायी जगुरमुखी कन्ट्रक्सनका दीपक गौतमले बताए ।
बेनी–तातोपानीसम्म शर्मा/युनाईटेड जेवि कम्पनीले, दोस्रो र तेस्रो प्याकेजमा शर्मा/गजुरमुखी जेभिले काम गरिरहेका छन । पहिलो प्याकेजको भीरकाटे र तातोपानी क्षेत्रका भीरमा विष्फोटन नगरी मापदण्ड अनुसार सडक फराकिलो बनाउन संभव नभएकोले काम भएको छैन ।
बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडकमध्य बेनी–जोमसोम ७६ किमीलाई ४ प्याकेज र जोमसोम–कोरला एक सय १० किमी सडकलाई ११ प्याकेजमा सडक विस्तार एवं उन्नत गर्न ठेक्का गर्ने काम भैरहेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
