FLASH NEWS
  • Loading...

नेपाल टेलिकममा सर्वसाधारणको सेयर हिस्सा २२% कायम हुने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १९६ पटक पढिएको
नेपाल टेलिकममा सर्वसाधारणको सेयर हिस्सा २२% कायम हुने

नेपाल टेलिकमको सेयर संरचना परिवर्तन हुने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै टेलिकमका आगामी असार मसान्तसम्म कायम सेवाग्राहीले खरीद गर्न सक्ने गरी २२ प्रतिशत सेयर बिक्री गरिने घोषणा गरेका हुन् ।

यस्तो सेयर खरीद गर्नका लागि टेलिकमको सेवाग्राही भने अनिवार्य हुनुपर्नेछ । सेयर विनिमेशको मोडल र सेयर मूल्यको विवरण ०७८ असारसम्म तय हुने समेत उनले जानकारी दिए ।

हाल टेलिकममा सरकारको ९१.३ प्रतिशत सेयर स्वामित्व रहेको छ भने कर्मचारी र सर्वसाधारणको हिस्सा ८.४७ प्रतिशत मात्रै रहेको छ ।