FLASH NEWS
  • Loading...

संक्रमण फैलिएपछि घारखोला जलविधुत निर्माण वन्द

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१६ पटक पढिएको
संक्रमण फैलिएपछि घारखोला जलविधुत निर्माण वन्द

अन्नपूर्ण गाउँपालिका, ६ घारमा निर्माणाधिन म्याग्दी हाईड्रो लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविधुत आयोजनामा कार्यरत मजदुरमा कोरोना संक्रमण फैलिएपछि निर्माण प्रभावित भएको छ ।
आयोजनाको ड्याम साईड र टनेल, पेनस्टकपाईप र पावरहाउस निर्माणमा संलग्न १६ जनाबढी मजदुरलाई एकैसाथ कोरोना पुष्टी भएपछि आयोजनाको काम बन्द भएको छ ।
‘निर्माणमा संलग्न मजदुर र सुपरभाईजरहरुमा संक्रमण देखिएपछि आयोजनाको केही भागको काम हाल रोकेका छौं’ आयोजनाका इन्जिनियर जोसेफ बज्राचार्यले भने, ‘पावर हाउस तर्फको काम भने केही दिनपछि सूचारु गरेका छौं । टनेल तथा पेनस्टक पाईप लईन तर्फ अनिश्चित समयकालागी काम बन्द भएको छ ।’
आयोजनामा २ सय ५० बढी मजदुर/कर्मचारी कार्यरत छन ।