FLASH NEWS
  • Loading...

म्याग्दीमा फेरी एक साता निषेधज्ञा थप

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११५ पटक पढिएको
म्याग्दीमा फेरी एक साता निषेधज्ञा थप

जारी निषेधज्ञाले कोरोना संक्रमणको तिव्रतामा चेनव्रेक भै संक्रमण दर घट्दै गएको भन्दै थप एक साता (जेठ २४)सम्म निषेधज्ञा निरन्तर रहने भएको छ ।
कोरोना संकट ब्यवस्थापन समिति (डिसिएमसी)को आईतवार बसेको वैठकले एक साता निषेधज्ञा निरन्तरता दिँदै केही खुकुलो बनाउने भने निर्णय गरेको छ । डिसिएमसीको निर्णय अनुसार हप्ताको दुई दिन आईतवार र बुधवार विहान १०–२ बजेसम्म बैंक, सहकारीहरु खुल्ने, खाद्यान्न, विउविजन, तरकारी, फलफुल, निर्माण सामाग्रीका पसल विहान ५ बजेदेखी १० बजेसम्म खुल्ला रहने र निर्माण सामाग्री सवै समय ढुवानी गर्न मिल्ने भएको छ ।
‘कोरोना संक्रमणको तिव्रतामा निषेधज्ञाले चेनव्रेक गरेको ठहर गर्दै अझै प्रभावकारी नियन्त्रणकालागी थप एक साता निषेधज्ञालाई निरन्तरता दिने निर्णय भएको छ’ प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने, ‘वैंकवित्तिय क्षेत्र र अत्यावश्यक सेवाको क्षेत्रमा समययावतीमा केही खुकुलो भएको छ ।’